काठमाडौं । विश्व बजारमा अमेरिकी डलरको मूल्यले छलाङ मारेको छ । नेपाली बजारमा मंगलबार अमेरिकी डलरको मूल्यले अग्रता कायमै राखेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी विनिमय दर अनुसार अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ९९ पैसा र विक्री मूल्य १३२ रुपैयाँ ५९ पैसा रहेको छ ।
त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिद मूल्य १२९रुपैयाँ ७७ पैसा र बिक्रीमा १३०रुपैयाँ ३६पैसा, अष्ट्रेलियन डलर एकको खरिद दर ८३ रुपैयाँ १२ पैसा र बिक्री दर ८३ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ २५ पैसा र बिक्री दर ९६रुपैयाँ ६९ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर आज १४९ रुपैयाँ ७७पैसा र बिक्रीदर १५० रुपैयाँ ४५ पैसा तोकिएको छ।
त्यसैगरी, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २४ पैसा र बिक्री दर ३६ रुपैयाँ ४१ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ १२ पैसार बिक्री दर ३५ रुपैयाँ २८ पैसा, युएई दिराम एकको खरिद मूल्य ३५ रुपैयाँ ९४ पैसा र बिक्री मूल्य ३६रुपैयाँ १० पैसा,मलेसियन रिंगिट एकको खरिद मूल्य २७ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य २७रुपैयाँ ९८ पैसा राष्ट्र बैंकले तोकेको छ। साथै कुवेती दिनार एकको खरिद दर ४२५ रुपैयाँ २४ पैसा र बिक्री दर ४२७ रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिद दर ३५० रुपैयाँ १३पैसा र बिक्रीदर ३५१ रुपैयाँ ७२ पैसा, जापानी रियाल १० को खरिद मूल्य ८ रुपैयाँ ८४ पैेसा र बिक्री मूल्य ८ रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन १०० को खरिदमूल्य ९ रुपैयाँ १५ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

यतिबेला नेपालीहरुले दोस्रो ठुलो पर्व तिहार मनाइरहेका छन् । सरकारले पनि अहिले तिहारको सार्वजनिक बिदा दिइरहेको छ । चाडपर्व मनाउने क्रममा बजारमा उपभोग्य बस्तुमा भने महंगिले घुडा टेकाएको छ । पछिल्लो समयमा डलरको मूल्यले विश्व बजारमा छलाङ मारिरहेकाले यसको असर नेपालको अर्थतन्त्र साथै नेपाली बजारमा पनि देखिएको छ ।
बजारमा अहिले दैनिक उपभोग्य बस्तु तथा लत्ताकपडाको मूल्य आकासिएको छ । नेपाली बजारमा समाग्रीको मूल्य बढ्नुको मूल्य कारण विदेशी विनिमय दर बढ्नु नै हो । अहिले अधिकासं देशको मुद्रा विनिमय दर बढीरहेको छ । जसले गर्दा नेपालमा आयत हुने समानको मूल्य स्वतह महंगो पर्न जान्छ किन भने विदेशबाट आयत हुने समाग्री डलरमा आयत गर्नु पर्ने भएकाले विदेशबाट आयत हुने समाग्रीहरुको मूल्य एकदमै बढ्न गएको हो ।





Comments are closed.