यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर !

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

शुक्रबार सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३१ रूपैयाँ ६९ पैसा र बिक्रीदर १३२ रूपैयाँ २९ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिदमा भने १३२ रूपैयाँ १८ पैसा र बिक्रीमा १३२ रूपैयाँ ७८ पैसा कायम गरिएको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८४ रूपैयाँ ९१ पैसा र बिक्रीमा ८५ रूपैयाँ २९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रूपैयाँ ७६ पैसा र बिक्रीमा ९७ रूपैयाँ २० पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५२ रूपैयाँ ३३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ०३ पैसा कायम गरीएको छ ।

footwear zone

यस्तै, शुक्रबार कुवेती दिनार एकको खरिदमा ४२५ रूपैयाँ ५१ पैसा र बिक्रीमा ४२७ रूपैयाँ ४५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ३१ पैसा र बिक्रीदर ३५० रूपैयाँ ९१ पैसा ,कतारी रियाल एकको खरिद दर ३६ रूपैयाँ १७ पैसा र बिक्री दर ३६ रूपैयाँ ३३ पैसा पाइन्छ।

साउदी अरेबियन रियाल एकको खरिद दर आज ३५ रूपैयाँ ५ पैसा र बिक्रीदर ३५ रूपैयाँ २१ पैसा राष्ट्र बैंकले तोकेको छ।युएई दिराम एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २७ रूपैयाँ ९३ पैसा र बिक्री दरमा २८ रूपैयाँ ६ पैसा राष्ट्र बैंकले तोकेको छ ।

 

You might also like

Comments are closed.