काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । पछिल्लो सयमा विश्व बजारमा डलरको मूल्यको अग्रता कायमै रहेको छ ।
राष्ट्र बैंकले सार्वजनिक गरेको मुद्रा विनिमय दर अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ६१ पैसा र बिक्री दर १३२ रुपैयाँ २१ पैसा रहेको छ ।
त्यस्तै, आज अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८५ रुपैयाँ ११ पैसा र बिक्री मूल्य ८५ रुपैयाँ ५० पैसा, युरोपियन युरो एकको खरिद दर १३१ रुपैयाँ ११ पैसा र बिक्रीदर १३१ रुपैयाँ ७१ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ६४ पैसा र बिक्री मूल्य ९८ रुपैयाँ ९ पैसा र सिङ्गापुरे डलर एकको खरिददर ९३ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९४ रुपैयाँ २० पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९३ पैसा र बिक्री दर ३६ रुपैइाँ ९ पैसा,साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ १८ पैसा, र मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ७२ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ८५ पैसा कायम रहेको छ ।साथै, जापानी येन १० एकको खरिदमा ८ रुपैयाँ ९८ पैसा र बिक्रीमा ९ रुपैयाँ २ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिदमा ४२५ रूपैयाँ ८० पैसा र बिक्रीमा ४२६ रूपैयाँ ७३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ १० पैसा र बिक्रीदर ३५० रूपैयाँ ६९ पैसा कायम रहेको छ ।





Comments are closed.