यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले बुधबार विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ७८ पैसा र विक्री मूल्य १३१ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै, बुधबार युरोपियन युरो एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा,अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ७२ पैसा र बिक्रीदर ८५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ २६ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९३ रुपैयाँ २६ पैसा र बिक्रीमा ९३ रुपैयाँ ६९ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, युके पाउण्ड स्टर्लिङ एकको खरिदमा १५० रुपैयाँ ६ पैसा र बिक्रीमा १५० रुपैयाँ ७५ पैसा, स्वीस फ्र्यांक एकको खरिद दर १३२ रुपैयाँ २३ पैसा र बिक्री दर १३२ रुपैयाँ ८४ पैसा, रहेको छ भने जापानी येन १० को खरिद दर ८ रुपैयाँ ९४ पैसा र बिक्री दर ८ रुपैयाँ ९८ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ३ पैसा र बिक्री दर १८ रुपैयाँ ११ पैसा मूल्य कायम गरीएको छ ।

footwear zone

यस्तै,कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७९ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९५ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २७ रुपैयाँ ६१ पैसा र बिक्री मूल्य २७ रुपैयाँ ७४ पैसा राष्ट्र बैंकले तोकेको छ । साथै साउथ कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ४८ पैसा र बिक्री दर ९ रुपैयाँ ५३ पैसा, कुवेती दिनार एकको खरिददर ४२२ रुपैयाँ ९१ पैसा र बिक्री दर ४२४ रुपैयाँ ८५ पैसा र बहराइन दिनार एकको खरिद दर ३४६ रुपैयाँ ९५ पैसा र बिक्री दर ३४८ रुपैयाँ ५४ पैसा रहेको छ ।

You might also like

Comments are closed.