यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंंकले सोमबार विदेशी मुद्रा विक्री विनिमयदर सार्वजनिक गरेको छ । केही दिन अघि विश्व बजारमा अमेरिकी डलरको मूल्य बढेर १३३ भन्दा धेरै पुगेको डरल अहिले भने १२९रुपैयाँ ५८ पैसामा झरेको छ ।आज राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलरको डलर एकको खरिद मूल्य१२८ रुपैयाँ ९८ पैसा र बिक्री दर मा १२९ रुपैयाँ ५८ पैसा रहेको छ ।

त्यस्तै सोमबार युरोपियन युरो एकको खरिद मूल्य १३३ रुपैयाँ ५५ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १७ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८६ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य ८६ रुपैयाँ ८६ पैसा, सिङ्गापुरे डलर एकको खरिददर ९४ रुपैयाँ ३ पैसा र बिक्रीदर ९४ रुपैयाँ ४६ पैसा रहेको छ ।

यस्तै, जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ २० पैसा र बिक्री मूल्य ९ रुपैयाँ ३४ पैसा, चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ १४ पैसा र बिक्री दर १८ रुपैयाँ २३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदमा १५२ रुपैयाँ ६७ पैसा र बिक्रीमा १५३रुपैयाँ ३८ पैसा, स्वीस फ्र्यांक एकको खरिद दर १३६ रुपैयाँ ५४ पैसा र बिक्री दर १३७ रुपैयाँ ९७ पैसा मूल्य राष्ट्र बैंकले कायम गरेको छ ।

footwear zone

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिद दर ३४ रुपैयाँ ३१ पैसा र बिक्री दर ३४ रुपैयाँ ४७ पैसा, कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ २९ पैसा र बिक्रीमूल्य ३५ रुपैयाँ ४५ पैसा, मलेसियन रिंग्गेट एकको खरिददर २७ रुपैयाँ ८७ पैसा र बिक्रीदर २८ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिदमूल्य ४१९ रुपैयाँ २८ पैसा र बिक्रीमूल्य ४२१ रुपैयाँ २३ पैसा र बहराइन दिनार एकको खरिदमा ३४२ रुपैयाँ १९ पैसा र बिक्रीदर ३४३ रुपैयाँ ७९ पैसा रहेको छ ।

You might also like

Comments are closed.