यस्तो छ सोमबारको विदेशी मुद्रा विनिमयदर, कुन देशको कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले सोमबार विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मुद्रा विनिमयदर आज अमेरिकी डलर एकको खरिद मूल्य १३० रुपैयाँ ४० पैसा र बिक्री  मूल्य १३१ रुपैयाँ कायम रहेको छ ।

त्यस्तै, सोमबार युरोपियन युरो एकको खरिद मूल्य १३५ रुपैयाँ ५८ पैसा र बिक्री मूल्य १३६ रुपैयाँ २० पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४४ पैसा, क्यानेडियन डलर एकको खरिद मूल्य ९७ रुपैयाँ ४८ पैसा र बिक्री मूल्य ९७ रुपैयाँ ९३ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, जापानी येन १० को खरिद मूल्य ९ रुपैयाँ ३७ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ४२ पैसा,चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २० पैसा र बिक्रीदर १८ रुपैयाँ २८ पैसा,साउथ कोरियन वन १०० को खरिद मूल्य ९ रुपैयाँ ७६ पैसा र बिक्री मूल्य ९ रुपैयाँ ८१ पैसा रहेको छ ।

footwear zone

साथै, सोमबार साउदी अरेवियन रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ३४ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिद दर ३५ रुपैयाँ ६० पैसा र बिक्रीदर३५ रुपैयाँ ७६ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ११ पैसा र बिक्री मूल्य २९ रुपैयाँ २४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।

 

You might also like

Comments are closed.