काठमाडौं ।नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर १२९ रुपैयाँ २९ पैसा र बिक्री दर १२९ रुपैयाँ ८९ पैसा रहेको छ रअष्ट्रेलियन डलर १ को खरिद दर ८४ रुपैयाँ ४० पैसा र बिक्री दर ८४ रुपैयाँ ७९ पैसामा आइपुगेको छ।
त्यस्तै, युरो १ को खरिद दर १२५ रुपैयाँ ३१ पैसा तथा बिक्री दर १२५ रुपैयाँ ८९ पैसा तोकिएको छ।यता पाउन्ड स्टर्लिङ १ को खरिद दर १४० रुपैयाँ ३८ पैसा र बिक्री दर १४१ रुपैयाँ ३ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
साउदी रियाल आज एकको खरिदमूल्य ३४ रुपैयाँ ३६ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ५२ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद मूल्य ३५ रुपैयाँ ३० पैसा र बिक्री दर ३५रुपैयाँ ४६ पैसा तोकेको छ ।कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ०९ पैसा र बिक्रीमा ९ रुपैयाँ १३ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ०४ पैसा र बिक्रीमा १६ रुपैयाँ ५५ पैसा रहेको छ ।

त्यस्तैगरी, कुवेती दिनार एकको खरिददर ४ १७ रुपैयाँ १३ पैसा र बिक्रीदर ४१९ रुपैयाँ ०७ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३४२ रुपैयाँ ९२ पैसा र बिक्रीमूल्य ३४४ रुपैयाँ ५१ पैसा तोकिएको छ ।





Comments are closed.