काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैया ६६ पैसा रहेको छ । यो साताको दोस्रो कारोबार दिन सोमबार भने आइतबारकै मूल्यमा अमेरिकी डलरको मूल्य कारोबार भइरहेको छ । यद्पी यरोपिनय युुरो र अष्ट्रेलियन डलर भने सोमबार बढेको छ ।
त्यस्तै, सोमबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४२ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९रुपैयाँ ९९ पैसा र बिक्रीमा९०रुपैयाँ ३९ पैसा राष्ट्र बैंकले तोकेको छ ।

यस्तै, आज जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ ०७ पैसा र बिक्री मूल्य १० रुपैयाँ १२ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३५रुपैयाँ ३० पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ०२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ १८ पैसा राष्ट्र बैंकले तोकेको छ ।
त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १० रुपैयाँ ५१ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य ३० रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ८२ पैसाँ र बिक्रीदर ४३३ रुपैया ७८पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ८४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तो छ आजको मुद्रा विनिमयदर-





Comments are closed.