काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको विदेशी मुद्रा विनिमयदर सार्वजनिक गरेको छ ।यो साताको तेस्रो कारोबार दिन मंगलबार अमेरिकी डलरको मूल्य सामान्य ३ पैसाले बढेको छ भने यरोपिनय युरो र अष्ट्रेलियन डलर मंगलबार घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विदेशी मुद्रा विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३२ रुपैया ६९ पैसा रहेको छ ।
त्यस्तै, मंगलबार युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७३ पैसा, अष्ट्रेलियन डलर एकको खरिद मूल्य ८९रुपैयाँ ८५ पैसा र बिक्रीमा९०रुपैयाँ २६ पैसा राष्ट्र बैंकले तोकेको छ ।
यस्तै, आज जापानिज येन १० को खरिद मूल्य १० रुपैयाँ १० पैसा र बिक्री मूल्य १० रुपैयाँ १४ पैसा, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीदर ३५रुपैयाँ २९ पैसा , कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ १६ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ३१ पैसा राष्ट्र बैंकले तोकेको छ ।

त्यसैगरी, साउथ कोरियन वन १०० को खरिद मूल्य १० रुपैयाँ ३९ पैसा र बिक्री मूल्य १० रुपैयाँ ४४ पैसा, मलेसियन रिंग्गेट एकको खरिद मूल्य २९ रुपैयाँ ९९ पैसा र बिक्री मूल्य ३० रुपैयाँ १२ पैसा, कुवेती दिनार एकको खरिदर ४३१ रुपैयाँ ८२ पैसाँ र बिक्रीदर ४३३ रुपैया ७८पैसा, बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५१ रुपैयाँ ९४ पैसा राष्ट्र बैंकले कायम गरेको छ ।
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर-





Comments are closed.