पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १० लाख डलर जरिवाना

वासिङटन डिसी । अमेरिकी जिल्ला न्यायाधीशले अमेरीकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका छन् ।
बिहीबार अमेरिकी जिल्ला न्यायाधीशले पूर्व राष्ट्रपति ट्रम्पलाई करिब १० लाख डलर जरिवाना लगाएका हुन् ।

ट्रम्पले हिलारी क्लिन्टनविरुद्ध ७० मिलियन डलर क्षतिपूर्तिको माग गर्दै मानहानिको मुद्दा दायर गरेका थिए। अदालतले हिलारी क्लिन्टन र अन्य विरुद्ध दायर गरिएको मानहानिको मुद्दालाई ‘व्यर्थ’ भनेको छ।डोनाल्ड ट्रम्पले गत मार्चमा हिलारी क्लिन्टन, डेमोक्र्याटिक नेशनल कमिटी र अन्यले २०१६ को चुनावमा झूटो कथा फैलाएका र उनको अभियानलाई रुससँग जोड्ने प्रयास गरेको आरोप लगाएका थिए।

ट्रम्पले यसका लागि सात मिलियन डलर क्षतिपूर्ति मागेका थिए। तर, यो मुद्दा सेप्टेम्बरमा नै खारेज भएको थियो । एक प्रतिवादीको अपिलमा डोनाल्ड ट्रम्पलाई ६५ हजार डलर जरिवाना पनि गरिएको थियो ।

footwear zone

यो पछिल्लो आदेश हिलारी क्लिन्टनको अपिलमा बिहीबार आएको हो ।उक्त मुद्रामा बोल्दै न्यायाधीशले ट्रम्प न्यायिक प्रक्रियाको दुरुपयोगको मास्टर माइन्ड भएका उनको मुद्दा बेअर्थको भएको बताए। उनले यसको पछाडि राजनीतिक उद्देश्य मात्र रहेको उल्लेख गरे। एजेन्सी

You might also like

Comments are closed.