कोहिनुर भिलेजका अध्यक्षले छात्रवृत्ति प्रदान गरि मनाइन् जन्मदिन

पोखरा । आफ्नो जन्मदिन भब्य रुपमा मनाउने सबैको इच्छा हुन्छ र त्यहीँ अनुरुप धुनधामले मनाउछ्न तर यही सोचलाई फरक र सकारात्मक रुपमा रुपान्तरण गरि लायन्स क्लब अफ पोखरा कोहिनुर भिलेजका सस्थापक अध्यक्ष समाजसेवी तथा पर्यटन व्यावसायि दिलु तिवारीले फरक तरिकाबाट मनाएकी छिन । उनले सानै बाट आमाको माया बाट बन्चित दुई बालबालिकालाइ निरन्तर तीन बर्ष सम्म छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेकी छिन र आगामी दिनमा पनि उक्त बालबालिकालाइ संरक्षकत्व प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन ।

अध्यक्ष तिवारीले रुपाकोट गाँउ पालिका वडा नं ६ भंगरा स्थित श्री कमल आधारभूत बिद्यालयका दुई बालबालिका बिबेक परियार र कशिष्टा परियारलाई ३ बर्ष सम्म को लागि छात्रबृत्ति प्रदान गरेकी हुन ति असहाय बाबु नानीहरु लाई बिद्यालयको पोशाक, बिद्यालयको फि, तथा बर्ष भरीको लागि शैक्षिक सामाग्री बितरण गरेकी हुन् ।

साथै अन्य बालबालिकालाइ स्टेशनरी सामाग्री बितरण गरिएको थियो कार्यक्रमका प्रमुख अतिथी डिष्ट्रिक्ट को चिफ एडभाइजर सुचित्रा थापाले आफ्नो जन्मदिनमा असाय बाबू नानिलाइ सहयोगरी मातृत्व प्रधान गरेकोमा खुशी ब्यक्त गरिन साथै थापाले लायन बादको यात्रामा यस्तै सेवाका मनहरु बढाउनका लागि आग्रह गरिन ।

footwear zone

उक्त कार्यक्रममा बिषेश अतिथि लायन्स क्लब अफ पोखरा डायमण्ड भिलेज का संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट अफिसर  कन्चन थापा रिजन चियर पर्सन  पुष्पा कुमारी आचार्य, शान्ता थापा त्यसैगरी क्लबका गाइडिङ् लाइन तथा डिष्ट्रिक्ट चियर पर्सन  शोभाकान्त पौडेल लायन्स क्लब अफ पोखरा भृकुटी का अध्यक्ष शोभा पौडेल ,क्लब फस्ट पर्सन मित्र तिवारी बिद्यालयका प्राचार्य निर्मला अधिकारी , बिद्यालयका बिद्यार्थी शिक्षक संयोजक  एस बहादुर गुरुङ्ग, शिक्षक अभिभाबक संघका सदस्य  शिबराज अधिकारी लगाएतले बोलेका थिए ।

४६ जना बालबालिका रहेको उक्त बिधालयमा कोभिड १९को बेलामा पनि सुरक्षित वातावरणमा पढाइ भएको प्राचार्य निर्मला अधिकारिले जानकारी दिइन उक्त कार्यक्रममा अभिभाबक, बिद्यालका शिक्षक शिक्षिका तथा बुद्धिजीवी लगाएत बिद्यालयमा अध्ययनरत विद्यार्थीको उपस्थिती थियो । उक्त कार्यक्रममा क्लब का सदस्य हरु को उल्लेखित उपस्थिती रहेको थियो र कार्यक्रममा स्वागत  क्लबका प्रथम उपाध्यक्ष  कमला केशी ले गरेकी थिइन्।

You might also like

Comments are closed.