दर्ता भयो बागमतीका मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव

 

काठमाडौं ।बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रस्तावको प्रस्तावकमा शालिकराम जमरकट्टेल र अरुण नेपाल समर्थक रहेका छन् ।

त्यस्तै प्रदेशका तीन मन्त्रीले आजै आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणप्रसाद नेपाल र सामाजिक विकासमन्त्री युवराज दुलालसँगै आफूले पनि राजीनामा दिएको मन्त्री जम्कट्टेलले जानकारी दिए ।

footwear zone

प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का ८०, नेपाली कांग्रेसका २२, विवेकशील पार्टीका ३, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका २÷२ तथा तत्कालीन नयाँ शक्ति पार्टीका एक सदस्य छन् ।

You might also like

Comments are closed.