थाङ्का र हस्तकलाका सामग्रीभित्र लागू औषध चरेस ओसारपसार

काठमाडौं । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले थाङ्का र नेपाल हस्तकलाका सामग्रीमा लुकाईछिपाई हङकङ लैजाने तयारी गरिरहेको अवस्थामा सात किलो ९७७ ग्राम चरेस बरामद गरेको छ ।

ब्यूूरोद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा लागू औषध चरेस ओसारपसारमा संलग्न भएको अभियोगमा पक्राउ परेका सात अभियुक्तलाई सार्वजनिक गरियो । ब्यूूरो र महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएका टोलीले ललितपुरको मानभवनस्थित ब्लुुस्टार कार्गोबाट हङकङ पठाउन लागेको अवस्थमा नौ थान थाङ्का र सोमा प्रयोग हुने काठको डण्डीभित्र लुकाई राखेको तीन किलो ५० ग्राम चरेससहित मोरङ उर्लाबारी–८ का अन्जित थापालाई पक्राउ गरेको ब्यूरो प्रमुख हृदयेश थापाले जानकारी दिए ।

लागू औषध कारोबारी अन्जितलाई उक्त सामान दिने सिन्धुपाल्चोक सुनकोशी–५ का सुजन श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले एक लाख नगदसमेत बरामद गरेको छ ।

footwear zone

अनुुसन्धानकै सिलसिलामा प्रहरीले काठमाडौं महानगरपालिका–१४ बाट सुजन श्रेष्ठलाई चरेश दिने सिन्धुुपाल्चोक लिसखुु–५ का सागर भन्ने जालिन्द्र श्रेष्ठको डेराबाट थाङ्कामा प्रयोग हुने काठका ९६ थान लिस्टीभित्र लुुकाईछिपाई राखेको दुई किलो ४० ग्राम चरेस फेला पारेको थियो ।

पर्सा सखुवापर्सोनी–१ घर भई काठमाडौं बौद्ध नयाँबस्तीमा सिलाईबुनाई काम गर्ने दिनदयाल महतो र दीपेन्द्र महतोलाई पनि थाङ्कामा प्रयोग हुने ११३ थान लिस्टी र दुई किलो ८७५ ग्राम चरेससहित पक्राउ गर्न ब्यूरो सफल भएको छ । प्रहरीले मकवानपुर–११ का रवि मोक्तानको कलङ्कीस्थित डेराबाट नौ ग्राम ५०० मिलिग्राम चरेस बरामद थियो ।

उक्त कारोबारमा संलग्न धाादिङ थोक्रे–३ का मोतीलाल तामाङ पनि दुई ग्राम ५०० मिलिग्राम चरेससहित पक्राउ परेका हुन् । निजले धादिङलगायतका स्थानबाट चरेस सङ्कलन गरी कारोबारीलाई उपलब्ध गराउने गरेको ब्यूरोका प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए ।

You might also like

Comments are closed.