१२३ वर्षको लिगेसी बोकेको विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ‘डकम्स’ नेपालमा पुनः प्रवेश

काठमाडौं । विश्व प्रसिद्ध ब्रिटिस लुब्रिकेन्ट ब्राण्ड डकम्स (Duckhams) नेपालको बजारमा पुनः प्रवेश गरेको छ । शुक्रबार एक कार्यक्रमबीच डकम्स सार्बजनिक भएको हो । डकम्सका लागि डकम्सका लागि नेपालको आधिकारिक बिक्रेतामा ओटेक ट्रेड नियुक्त भएको छ ।

सन् १८९९ मा स्थापित यो प्रतिष्ठित ब्रिटिश ब्राण्डले लुब्रिकेन्ट बजारमा थुप्रै इन्योभेसन टेक्नोलोजीकोको सुरुवात गरेको छ । युरोपकै पहिलो मल्टी ग्रेड वेल भनिएको यो ब्राण्ड स्थापना भएको सानो समयमै थुप्रै क्लासिक कार ब्राण्डहरु Rolls Royce, Bentley, Austin, Rover जस्ता ब्राण्डहरुको रुचाएको लुब्रिकेन्ट बन्न सफल भएको थियो । एक मात्र हरियो कलरको यो लुब्रिकेन्टले विश्व कार र मोटरसाइकल रेसिङका विभिन्न चरणहरूमा आफूलाई प्रमाणित गरेको यो ब्राण्ड HIGH – PERFORMANCE  ब्राण्डको रुपमा परिचित छ ।

Duckhams नेपालमा पनि निकै लोकप्रिय भएको र धेरै नेपाली ग्राहकहरूले रुचाएको लुब्रिकेन्ट थियो । स्थानीय अटो मेकानिक्सले यसको प्रिमियम गुणस्तरका कारण Duckhams लाई विश्वस्तताका साथ सिफारिस गर्नुको साथै अटोमोबाइलको आयु बढाउने लुब्रिकेन्टको रूपमा विश्वास गरिएको पाइन्छ । साथ साथै यस लुब्रिकेन्टलाई ‘अटोमोबाइल्सका लागि जडिबुटी’ भनेर मेकानिक्सहरुले सम्बोधन गरेको पाइन्छ ।

footwear zone

२०१७ मा डकम्स नयाँ नेतृत्व र नयाँ ब्राण्ड आउटलुकको साथ विश्व लुब्रिकेन्ट बजारमा पुनः प्रवेश गरेको थियो । नेपाल प्रमुख बजार भएकाले ब्राण्डलाई सुदृढ पार्न र ब्राण्डप्रति ग्राहकको विश्वास जगाउन ओटेक ट्रेडलाई डकम्स इन्टरनेशनलले आधिकारिक वितरकको रूपमा नियुक्त गरेको छ । ओटेक ट्रेड विभिन्न क्षेत्रहरूमा १५ वर्ष भन्दा बढी अनुभव बोकेको प्रमुख व्यापार समूह हो । कम्पनीसँग सूचना प्रविधि, पूर्वाधार र ऊर्जाको क्षेत्रमा प्रमाणित अन्तर्राष्ट्रिय र घरेलु ट्र्याक रेकर्ड छ । कम्पनीले यूएईबाट डकहम्स लुब्रिकेन्ट सीधै आयात गर्ने भनिएको छ । उपलब्धताका लागि प्रमुख शहरहरूमा कम्पनीले डिलरहरू पनि नियुक्त गरिसकेको छ । एक वर्ष अघि सञ्चालन सुरु गरिसकेको भएपनि देशमा लकडाउनको अवस्थाका कारण औपचारिक शुभारम्भ स्थगित गरिएको थियो।

इन्जिन आयलमात्रै नभई ‘फुल पोर्टफोलियो’ का साथ डकम्सले प्रिमियम SYNTHETIC/NON SYNTHETIC आयल, गियर आयल, हाइड्रोलिक आयल, ग्रिज उपलब्ध गराउने छ । दुई पाँग्रे/चार पाँग्रे सवारीका साथै दुवै पेट्रोल तथा डिजेल इन्जिनहरुमा DUCKHAMS उपयुक्त हुनेमा कम्पनी विश्वस्त छ ।

आधुनिक एडिटिभ टेक्नोलोजी युक्त यो उच्च-गुणस्तरको लुब्रिकेन्टले घर्षण घटाउँदै सवारी साधनबाट उत्कृष्ट पर्फमेन्स ल्याउनुका साथै इन्जिनको आयु पनि बढाउने ओटेक ट्रेडका कार्यकारी निर्देशक विन्यास न्यौपानेले उक्त अवसरमा बोल्दै बताए । ‘डकम्स एक प्रिमियम ब्रान्ड हो जसले ३० प्लस देशहरूमा ग्राहकहरूको हरेक रिक्वायरमेन्ट पुरा गरेको छ र बेस्ट कस्टुमर सेटिफ्याक्सन डेलिभर गरेको छ,’ उनले भने, ‘हामीले नेपालमा पनि नेपाली ग्राहकको लागि उपयुक्त बेस्ट डकम्स प्रोडक्टहरु उपलब्ध गराउने छौं र दीर्घकालीन Customer satisfaction / BEST SERVICE DELIVERY को लागि हामी हाम्रा ग्राहकहरू र साझेदारहरूसँग नजिकबाट काम गर्नेछौं ।’

You might also like

Comments are closed.