उद्यमशील युवाहरुको नेतृत्वमा ‘दरबार थकाली’: खाना पारखीको आकर्षक गन्तव्य

काठमाडौं । हरेकको मनमा एउटा सपना हुन्छ । वा भनौं मनले सपना कोरल्छ । कोरलिएका सपनाहरु हुर्कन, बढ्न अनि पल्लवित र पुष्पित हुन संयोग जुटनुपर्छ । यस्तै यहाँ चार युवाका आआफनो मनका कुनामा कोरलिदै, हुर्किदै र बढ्दै गरेका सपना संयोग जुटेपछि अघि बढ्दैछ । उद्यमशील युवाहरुले आफू केही गर्ने, आत्मनिर्भर बन्ने र अरुलाई रोजगारी दिने अभिप्रायले खोलेको दरबार थकाली (थकाली खाना होटल र रेष्टुरेण्ट) ले अहिले मध्यपुर थिमि राधेराधे क्षेत्रमा त्यस क्षेत्रका ग्राहकको मन जित्दै गएको छ । ग्राहकको रोजाई र केन्द्रमा पर्दै गएको छ ।

दोलखाका सुरज काफ्ले, विनोद केसी र मध्यपुर थिमि भक्तपुरका स्थानीय सुरेश श्रेष्ठ र निवेन श्रेष्ठले कोरोना महामारीसँगै दरबार थकाली होटल एण्ड रेष्टुरेण्ट शुरु गरेका हुन् । भक्तपुरको मध्यपुर थिमिस्थित वडा नम्बर नौको राधेराधे क्षेत्रमा भाटभटेनी सुपरमार्केट, यातायात कार्यालय, राधेराधे धार्मिक संस्था, बैंक तथा वित्तीय संस्था, साना ठूला पसल, फेन्सी, डिपार्टमेन्टल स्टोरसँगै यस क्षेत्रको वस्ती घना बन्दै गएको परिप्रेक्ष्यमा नेपाली खाना र फास्टफुडहरु पाउने होटलको आवश्यकता महसुस गरी दरबार थकाली शुरु गरिएको यसका सञ्चालक बताउँछन् । बनेपा काठमाडौँको फराकिलो सडक र सो क्षेत्रमा बढ्दो वस्तीले पनि यो क्षेत्रलाई आकर्षक र गुल्जारयुक्त बनाएको छ ।

दशजोड दुईमा विज्ञान अध्ययनपछि सिए अध्ययन गर्दागर्दै स्की एण्ड स्नोवोर्डिङ फाउण्डेशन नेपालको कोषाध्यक्ष भएका सुरज काफ्ले त्यहीक्रममा रोल्वालिङ, अन्नपूर्ण वेसक्याम्प मेरापीक, पुथा हिमचुली, मनास्लु, कालिञ्चोक खाङ्ला ग्लेसियरमा देशविदेशका युवालाई स्की खेलाउने अभियानमा जुटे । स्की गाइडस नेपालबाट स्की तालिम र एक्सपीडिसन चलाए । दोलखाको चरिकोटमा कोरोनाकालमा किंग्स क्याफे खोलेको अनुभव पनि उनीहरुसँग छ । ‘कोरोनाले पर्यटन ध्वस्त, आवागमन बन्द भयो, उक्त क्याफेबाट राम्रो अनुभप लियौं । त्यही बेला यता दोलखाकै साथी विनोद अनि स्थानीय सुरेश दाइ र निवेन मिलेर दरबार थकाली सुरु गर्यौं,’ काफ्लेले भने ।

footwear zone

दरबार थकालीको मुख्य विशेषता भनेको थकाली खाना नै हो । शाकाहारी स्वादसहित विभिन्न कुखुरा, खसीको मासु, माछा र ढिडोसहितको नेपाली स्वादको खानाले ग्राहकको मन जितेको सञ्चालकको दावी छ । मम, पिज्जा, मटन पक्कु, कट्टिया, झोल मम, ग्रील होल फिस, ग्रिल चिकेन लगायतका फास्टफुड बच्चाबच्ची र युवा ग्राहकको रोजाईमा परेको उनीहरुको भनाइ छ ।

चारजनाले आम्दानी र आत्मनिर्भरताको लागि साढे दुई करोड लगानीमा खुलेको यहाँ आफूले मात्र हैन प्रत्यक्ष अप्रत्यक्ष २५ जनाले रोजगारी पाएका छन् । थकाली, लाउञ्ज र रुफ टप कक्ष रहेको यहाँ राधेराधे वरपर मात्र नभई दरवारमार्ग, कोटेश्वर, झम्सीखेल लगायतका उपत्यकाका विभिन्न ठाउँबाट ग्राहकहरु पुग्छन् । ‘मन्दी खासै छैन, पारिवारिक टाइपको होटल रेष्टुरेण्ट हो, शान्त र पारिवारिक अनि साथीभाइ रम्ने वातावरण छ, एकचोटी आउने ग्राहक अर्कोचोटि आउँछ,’ अर्का सञ्चालक विनोद केसी भन्छन् ।

केसीले स्नातक अध्ययनपछि दुबईमा करिव ६ वर्ष होटल तथा हस्पिटालिटी क्षेत्रमा काम गरेको अनुभव अहिले यसैमा लगाउँदैछन् । सुरेश भने ३०/३५ वर्षदेखि भक्तपुर जडिबुटिमा गणेश भोजनालय चलाएर खाना र आतिथ्यता क्षेत्रको अनुभव, सीप र स्वाद यसमा प्रयोग गरिरहेका छन् । निवेन इन्टेरियर डिजाइनर हुन् जसले हरेकका घर, अफिस, होटल, रेष्टुरेण्टसमेत चित्ताकर्षक बनाउने काममा खटिन्छन् । जसको छनक दरबार थकालीको भित्री भागमा पनि पाइन्छ जहाँ कुर्चि टेबल वा विभिन्न कक्षका सामानहरु आकर्षक रुपमा राखिएका मात्र छैन भित्तामा राखिएका पोष्टर, फोटो र चित्रकलाले यहाँको वातावरणलाई रमाइलो बनाइदिएको प्रतित हुन्छ ।

वर्थडे, विहे, इन्गेजमेन्टसहितका पार्टी मात्र हैन परिवार, दुईचार वा २०÷२५ जनाका समूह समूहका साथीभाइ जम्मा भएर पनि यहाँ खानपीनको रमाइलो गर्न सकिने ठाउँ प्रशस्त रहेको सञ्चालक काफ्ले बताउँछन् । त्यसको लागि हरेक शुक्रबार र नयाँ वर्ष जस्ता विशेष चाडपर्वका अवसरमा यहाँ लाइभ म्युजिक पनि हुन्छ । रुफटपमा करिव दुईसय जना अटाउने गरी कार्यक्रम गर्न सकिन्छ । ‘शुक्रबार, शनिबार, नेपाली÷अंग्रेजी नयाँ वर्ष र विभिन्न चाडपर्वमा हाम्रो होटलमा राम्रो भीडभाड हुन्छ, क्रेज राम्रो छ,’ काफ्ले थप्छन् । ग्राहकको उपस्थितिले उत्साहित भएको दरबार थकालीको समूहले यसको नयाँ आउटलेट खोल्ने सोच पनि बनाएको छ ।

You might also like

Comments are closed.