इक्याबको अफर : फुल ट्यांकी पेट्रोल उपहार !

काठमाडौं । अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ले फुल ट्यांकी पेट्रोल उपहार प्रदान गर्ने योजना ल्याएको छ । पेट्रोलियम पदार्थको मूल्य बढिरहेको अवस्थामा कम्पनीले यस्तो अफर ल्याएको हो ।

अफरअन्तर्गत कम्पनीले इ–क्याबमा सबैभन्दा बढी ट्रिप गर्ने ड्राइभरले यो सुविधा प्राप्त गर्नेछन् । प्रत्येक साता एक जनाले यो अवसर प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ । यो अफर असार महिनाभर लागु हुनेछ । पछिल्लो समय अनलाइनबाट ट्याक्सी बुकिङ गर्ने क्रम बढेको र इ–क्याबमा धेरै ट्याक्सीहरु आबद्ध हुने क्रम जारी रहेको कम्पनीले जनाएको छ ।

ड्राइभरलाई उत्साह प्रदान गर्न यात्रुहरुले पनि इ–क्याबबाट ट्याक्सी बुकिङलाई प्राथमिकता दिन कम्पनीले आह्वान गरेको छ । इ–क्याबले समय-समयमा विभिन्न अफर ल्याउँदै आइरहेको छ । बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरुको संयुक्त लगानीमा गत माघबाट नेपालबाट इ–क्याबको सेवा सुरु भएको हो ।

footwear zone

युवा उद्यमीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, सजनी लामा र रबट विश्वकर्माको लगानी तथा पहलमा इ–क्याबको सेवा सुरु भएको हो । ‘नेपाली यात्रु र विदेशबाट नेपाल आउने पर्यटकहरु यो सेवाबाट लाभान्वित भएका छन्,’ इ–क्याबका प्रवन्ध निर्देशक सन्तोष मण्डलले भने ।

You might also like

Comments are closed.