इ-क्याबले इस्पोन्सर गरेको गीत ‘जोवन दिने कि नदिने’ बजारमा

काठमाडौं । गायक महेश काफ्लेको आवाजमा रहेको ‘जोवन दिने कि नदिने’ बोलको गीत बिहीबार बजारमा आएको छ ।

गायक काफ्ले र गायिका अस्मिता अधिकारीको संयुक्त आवाजमा रहेको उक्त गीतमा संगीत र लेखन पनि गायक काफ्लेकै रहेको छ । गीतमा अभिनय पनि गायक गायिका काफ्ले र अधिकारीकै रहेको छ ।

गीतमा छायांकन नवराज उप्रेतीको रहेको छ भने कोरियोग्राफी प्रमोद भण्डारीले गरेका छन् । इ-क्याबले इस्पोन्सर गरेको गीत आज बजारमा आएको हो । इ-क्याब अनलाइन ट्याक्सी बुकिङ गर्ने प्लेट फोम हो । इक्याब नेपालमा २ हजार भन्दा बढी ट्याक्सीहरु आबद्ध छन् ।

footwear zone

अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’ बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरुको संयुक्त लगानीमा संचालनमा आएको हो । इ-क्याबमा विश्वस्तरीय सेवा सुविधा तथा आधुनिक प्रविधिको प्रयोग भएको इक्याबका प्रवन्ध निर्देशक सन्तोष मण्डलले बताए ।

You might also like

Comments are closed.