काठमाडौं। दशै तिहारलाई लक्षित गरि इ फार्मले खसी मेला सुरु गरेको छ।ललितपुर धापाखेलमा चलिरहेको खसीमेलामा उपभोक्ता आफैले रोजेर खसी, कुखुरा र हाँस किन्न सकिने बताइएको छ ।
साथै इ फार्मको भाइबर, इन्स्ट्राग्राम, फेसबुक लगायत सामाजिक सञ्जालमा भिडियो कल गरेर खसी छनोट गरि अर्डर गर्न सक्नेछन् । उपभोक्ताले बिहान ५ बजेदेखि राति १२ बजेसम्म जुनसुकै समयमा फेन गरेर खसी तथा कुखुरा अर्डर गर्न बताइको छ । असोज २५ गते सुरु भएको खसी मेला कातिक ९ गतेसम्म हुनेछ।
इ फार्मको बालुवाटारस्थित स्टोरबाट समेत मासुको बिक्री सुरु गरिएको बताइएको छ । उपभोक्ताको मागअनुसार खसी जिउँदै र काटेर सफा गरेर डेलिभरी गर्ने जनाएको छ।

त्यस्तै जिउँदो खसी र सिङ्गै खसी लैजान नसक्ने उपभोक्ताले ३ केजी भन्दा बढी अर्डर दिए घरमै डेलिभरी गरिने बताइएको छ । धनकुटा, बैतडि, उदयपुर, सल्यान लगायतका पहाडि जिल्लाबाट ल्याएको खसी, नुवाकोटको कुखुरा इ फार्ममा पाइनेछन् । करिब ११ रोपनी जग्गामा ई फार्मको आफ्नै खसी फार्मसँगै खसी काट्ने, सफा गर्ने, मासु काट्ने ठाउँ पनि छुट्टै छ । दुई वर्ष अगाडि खसी र च्यांग्रा बिक्री गर्दै इ फार्म सुरु भएको थियो। त्यसपछि अन्य कृषि उत्पादनहरुलाई थप्दै ई फार्मको सेवा विस्तार भइरहेको छ ।




Comments are closed.