काठमाडौं । नेपालमा अनलाइनबाटै ट्याक्सी बुकिङ गर्न सकिने डिजिटल प्लेटफर्म ‘इ–क्याब नेपाल’को सेवा शुभारम्भ भएको छ । बेलायतमा बस्दै आएका नेपाली युवा उद्यमीहरुको संयुक्त लगानीमा नेपालबाट इ–क्याबको सेवा सुरु भएको छ ।
गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमबीच इ–क्याब नेपालको औपचारिक शुभारम्भ गरेका हुन् । युवा उद्यमीहरु दीपक श्रेष्ठ, सन्तोष मण्डल, सजनी लामा र रबट विश्वकर्माको लगानी तथा पहलमा इ–क्याबको सेवा सुरु भएको हो ।
काठमाडौंबाट शुभारम्भ गरिएको यो सेवालाई नेपालका मुख्य शहरहरुमा तथा विदेशमा पनि विस्तार गरिने अध्यक्ष दीपक श्रेष्ठले बताए ।

‘अनलाइनटबाट ट्याक्सी बुकिङ गर्न सकिने गरी इ–क्याब नेपालको सेवा शुभारम्भ गरेका छौं,’ प्रवन्ध निर्देशक सन्तोष मण्डलले भने, ‘नेपाली यात्रु र विदेशबाट नेपाल आउने पर्यटकहरु यो सेवाबाट लाभान्वित हुनेमा हामी विश्वस्त छौं ।’

इक्याब नेपालमा २ हजार भन्दा बढी ट्याक्सीहरु आबद्ध भइसकेको उनले जानकारी दिए । विश्वस्तरीय सेवा सुविधा तथा आधुनिक प्रविधिको प्रयोगसँगै इ–क्याब नेपालको सेवा सुरु भएको लगानीकर्ताहरुको भनाइ छ ।




Comments are closed.