इक्यानको महासचिवमा दीपकराज भुसालको उम्मेदवारी किन ?

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) महासचिवमा दीपकराज भुसालले उम्मेदवारी घोषणा गरेका छन् । संघको बर्तमान कार्यसमितिमा समेत महासचिव भएर काम गरेका उनले आगामी निर्वाचनका लागि पनि सोही पदमा उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उम्मेदवारी सार्वजनिक गर्दै उनले इक्यानमा सदस्य, सचिव र महासचिवको जिम्मेवारीमा रहेर काम गरेको अनुभवबाट संस्थालाई थप सुदृढ गर्ने जनाएका छन् ।

‘करिब ३५ वर्षदेखि नेपालमा शैक्षिक परामर्श क्षेत्रको विकास क्रम रहेता पनि हालसम्म पनि हाम्रो व्यवसाय नीतिगत रुपमा संक्रमनकालीन अवस्था र अत्यन्त विषम परिस्थितिबाट गुज्रिरहेको छ,’ उनले भनेका छन्, ‘निर्देशिका आंशिक रुपमा सच्चिएको अवस्था छ तर शिक्षा मन्त्रालयले ल्याउदै गरेको नियमावलीमा हाम्रो क्षेत्रलाई गंभीर असर पार्ने नीति बिरुद्ध संघर्ष गर्दै यस क्षेत्रलाइ अझ सुरक्षित तथा मर्यादित बनाउनु पर्ने चुनौती पनि विद्यमान छ । सो चुनौति विरुद्ध हामी लड्नुपर्छ ।’

footwear zone

हालसम्मका उपलब्धिहरुलाई संरक्षण गरि व्यवसाय माथिको आक्रमणलाई निस्तेज पार्न इक्यानलाई अझ बढी प्रभावकारी संस्थाको रुपमा अगाडि बढाउने उनको भनाइ छ ।

‘इक्यानमा सदस्य, सचिव र महासचिबको जिम्मेवारी बहन गर्दै कार्यसम्पादन गरेको अनुभवलाई सदैव शैक्षिक परामर्श व्यवसायीका हकहितका निम्ती उपयोग गर्ने प्रतिबद्धता सहित आसन्न असार ३० गते हुन गैरहेको नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को निर्बाचनमा मैले महासचिव पदमा उम्मेदवारी दिने निर्णय लिएको छु,’ उनले भने ।

इक्यान सदस्यहरुमा माया आफूले पाउने र विजयी हुने उनले विश्वास व्यक्त गरेका छन् ।

 

You might also like

Comments are closed.