इक्यानको सचिवमा रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को सचिवमा रत्नबहादुर भट्टराईले उम्मेदवारी घोषणा गरेका छन् । उनी इक्यानको बर्तमान कार्यकालमा पनि कार्यसमिति सदस्य रहेर काम गरेका छन् ।

नोभल एजुकेशन फाउण्डेसन प्रालिका प्रवन्ध निर्देशक भट्टराईले सचिवमा उम्मेदवारी सार्वजनिक गर्दै इक्यानको हकहितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

सचिवमा इक्यान सदस्यहरुको साथ र समर्थन आफूलाई रहने उनले विश्वास व्यक्त गरेका छन् । ‘इक्यानलाई व्यवसायीहरुको छाता संस्थाका रुपमा विकास गर्न जरुरी छ,’ उनले भने, ‘इक्यानका देशभर रहेका सदस्यहरुको भावना अनुसार काम गर्नेछु ।’

footwear zone

इक्यानको निर्वाचन असार ३० गते हुँदैछ ।

You might also like

Comments are closed.