काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को आसन्न निर्वाचनका लागि श्रीराम पौडेलले उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षका उम्मेदवार शेषराज भट्टराईको समूहबाट उनले उपाध्यक्षमा उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
नेपालको शैक्षिक परामर्श व्यवसायलाई व्यवस्थित गर्ने, समस्याहरुको समाधानका लागि पहल गर्ने, व्यवसायीहरुको क्षमता अभिबृद्धिमा काम गर्ने लगायतका लक्ष्यसहित आफूले उम्मेदवारी प्रस्तुत गरेको उनले बताए । इक्यानमा अब नेतृत्व हस्तान्तरण हुनुपर्ने बताउँदै उनले शेषराज भट्टराई अध्यक्षका लागि राम्रो उम्मेदवार रहेको पनि बताए । ‘इक्यानमा अब शेषराजको नेतृत्व आवश्यक छ । उहाँको नेतृत्वमा हामीले इक्यानको गरिमा उच्च बनाउने गरी काम गर्नेछौं ।’
पौडेल भिष्टा इन्टरनेशनल एजुकेशन प्रालिका सञ्चालक हुन् ।

इक्यानको निर्वाचन असार ३० गते हुँदैछ ।





Comments are closed.