इक्यानमा भुसाल र केसी मनोनीत

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को कार्यसमिति सदस्यमा प्रदीप भुसाल र भूपाल केसी मनोनीत भएका छन् ।

इक्यानका अध्यक्ष शेषराज भट्टराईले संस्थाको विधानको अधिकार प्रयोग गर्दै उनीहरुलाई कार्यसमितिमा मनोनीत गरेका हुन् ।

शुक्रबार चन्द्रागिरीमा आयोजित कार्यसमितिको बिस्तारित बैठकका अवसरमा अध्यक्ष भट्टराईले मनोनीत भुसाल र केसीलाई सपथ ग्रहणसमेत गराएका छन् ।

footwear zone

मनोनीत २ जना सदस्यबाट शैक्षिक परामर्श व्यवसायको क्षेत्रमा उत्साहजनक काम हुनेमा आफू विश्वस्त रहेको अध्यक्ष भट्टराईले बताए ।

You might also like

Comments are closed.