काठमाडौं । शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण त्यस क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले दुःख व्यक्त गरेको छ ।
भूकम्पमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ । भूकम्पमा परी ज्यान गुमाउने आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
इक्यानले आफ्नो नियमित कार्यक्रमको रुपमा मनाउन लागेको चाडपर्व विशेष कार्यक्रमलाई स्थगन गरि जाजरकोट र रूकुम पश्चिममा गएको भुईचालोबाट प्रभावित परिवारजनमा राहत उपलब्ध गराउने उद्देश्यले इक्यानको कोषबाट ३ लाख १ हजार रुपैयाँ कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुबाट २ लाख ५ हजार गरी ५ लाख ६ हजार रुपैयाँको कोष स्थापना गरेको छ ।

ईक्यानले आफ्ना सम्पूर्ण सदस्यज्यूहरु, शुभ चिन्तक एवं सम्पूर्ण जनसमुदायलाई उद्धार र राहत सहयोग गर्न अपिल गर्दै आर्थिक रुपमा ईक्यानको कोषमा रकम जम्मा गरिदिनसमेत आग्रह गरेको छ ।
राष्ट्रिय विपतको घडिमा सबैले हातमा हात तथा साथमा साथ मिलाएर भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउन सबैमा आग्रह गरिएको अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए । ‘राहत र उद्धार कार्यलाई तिव्रताका साथ अगाडि बढाउन सम्पूर्ण महानुभावहरु सरकार समक्ष पनि अनुरोध गर्दछौं,’ महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सहयोग गर्न चाहनेहरूले इक्यानको आधिकारिक खाता ल्ःद्य द्यबलप ीष्mष्तभम, ज्भबम इााष्अभ मा खाता नंं. ०२३००४५२६८५०००१२ वा भ्कभधब ९८४१३६०७२० मा जम्मा गरिदिन हुन आग्रह गरिएको छ । सो विषयमा अन्य जानकारीको निमित्त अध्यक्ष शेषराज भट्टराई (९८५१०९०८४२), महासचिव दीपक राज भुसाल (९८५१०३१९०६), कोषाध्यक्ष आशिक कार्की, सामाजिक उत्तरदायित्व विभागका संयोजक उमा खड्का पाठक (९८४१६१७७१०) तथा क्यान कार्यालयका कर्मचारीरुद्र प्रसाद रेग्मी (९८४१३६०७२०), प्रतीक अर्याल (९८१३१३६०८२) मा सम्पर्क राख्न सकिने इक्यानले जनाएको छ ।




Comments are closed.