पनौती । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ललितपुर शाखाको छैटौं साधारणसभा शुक्रबार सम्पन्न भएको छ । इक्यानका प्रथम उपाध्यक्ष देविदास भट्टराईको प्रमुख आतिथ्यतामा तथा इक्यान ललितपुरका अध्यक्ष सुरेन्द्र पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।
साधारणसभाले सचिव अर्विण सिंह र कोषाध्यक्ष वीरेन्द्र बज्राचार्यद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेले भर्चुअल माध्यमबाट शुभकामना ज्ञापन गरेका थिए ।
कार्यक्रममा इक्यानका केन्द्रीय उपाध्यक्ष कृष्णहरि केसी, महासचिव दीपकराज भुसाल, केन्द्रीय सदस्य रत्न भट्टराईले शुभकामना मन्तव्य राखेका थिए । इक्यान ललितपुरका संस्थापक अध्यक्ष विष्णुबहादुर भण्डारीलाई साधारणसभाको अवसरमा सम्मान गरिएको छ ।

कार्यक्रममा इक्यानका केन्द्रीय सचिव बासुदेव दाहाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, केन्द्रीय सदस्यहरु आर्यन उप्रेती, विकल्पराज पोखरेल, शिव त्रिपाठी, नवराज भट्टराई, केन्द्रीय सल्लाहकार डिल्लिराज धिताल, इक्यान ललितपुरका निवर्तमान अध्यक्ष प्रकाश महत, पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।





Comments are closed.