पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीको अध्यक्ष इविन्द्रराज तिवारी निर्वाचित भएका छन् । शनिबार पोखरामा सम्पन्न नवौं वार्षिक साधारणसभा तथा पाचौं अधिवेशनबाट तिवारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।
अध्यक्षमा तिवारीको १६ मत आउँदा प्रतिस्पर्धी सन्दिप अर्यालको १४ र रुद्रप्रसाद अर्यालको ८ मत आएको थियो । उपाध्यक्षमा ओमप्रकाश गैरे र कोषाध्यक्षमा युवराज पौडेल सर्वसम्मत भए ।
सदस्यमा धनबहादुर साही (सन्तोष), गणेशबहादुर कार्की, कमल बराल र प्रतिभा गैरे निर्वाचित भएका छन् । ४ जना सदस्यका लागि १० जनाले प्रतिस्पर्धा गरेका थिए । संघका निवर्तमान अध्यक्षमा भुवन क्षेत्री पदेन सदस्य हुनेछन् । खाली रहेको सचिव पद कार्यसमितिले मनोनयन गर्ने अध्यक्ष तिवारीले जानकारी दिए ।

संघमा आबद्ध सम्पूर्ण शैक्षिक परामर्श दातृ व्यवसायीहरुलाई समेटेर आफूले संस्थाको नेतृत्व गर्ने नवनिर्वाचित अध्यक्ष तिवारीले प्रतिबद्धता व्यक्त गरे । इक्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डेको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।






Comments are closed.