इक्यान कास्कीको सल्लाहकार समिति अध्यक्षमा भुवन

पोखरा ।  नेपाल शैक्षिक परामर्श संंघ (इक्यान) कास्कीले सल्लाहकार समिति गठन गरेको छ । संघको सोमबार बसेको पहिलो बैठकले सल्लाहकार समिति गठन गरेको हो ।

भुवनबहादुर क्षेत्रीको अध्यक्षतामा ३ सदस्यीय सल्लाहकार समिति गठन गरिएको इक्यान कास्कीका अध्यक्ष रमेशकुमार थापाले जानकारी दिए । समितिको सदस्यमा कर्ण बहादुर गुरुङ र महेश पौडेल रहेका छन् । सल्लाहकार समितिको अध्यक्ष चयन भएका क्षेत्री इक्यान कास्कीका पूर्व अध्यक्ष समेत हुन् !

ईक्यान कास्कीको हालै सम्पन्न ११ औं साधारणसभा तथा छैठौं अधिवेशनले रमेशकुमार थापाको अध्यक्षमा नयाँ कार्यसमिति निवार्चित गरेको छ । उपाध्यक्षमा सन्तोषबहादुर शाही, सचिवमा कमल बराल ,कोषाध्यक्षमा गणेशबहादुर कार्की निवार्चित भएका छन् भने सदस्यमा रुद्र गिरी, विश्वकल्याण अधिकारी, सुरेन्द्र बराल र अनिल गौतम सर्वसम्मत चयन भएका छन् ।

footwear zone

You might also like

Comments are closed.