गुणस्तरहीन भारतीय अण्डाले नेपाली बजार प्रभावित

सर्लाही । खुल्ला सीमानाका कारण गुणस्तरहीन भारतीय अण्डा सस्तो मूल्यमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका छन् ।

भारतबाट लुकाइछिपाइ गुणस्तरहीन सेतो अण्डा यहाँका बजारमा भित्रिन थालेपछि यहाँका अण्डा उत्पादक किसान मारमा परेका हुन् । “सेतो अण्डाले बजार विगा¥योे । उस्तै देखिएपनि सेतो अण्डा यहाँ उत्पादन भए जस्तो हुँदैन”, अण्डा व्यावसायी सुभाष तिमल्सिनाले भने, “ गुणस्तरहीन भारतीय सेतो अण्डा बजारमा छ्याप्पछ्याप्ती पाउन थालेपछि यहाँका वास्तविक किसान मारमा परेका छन् ।’

भारतीय सेतो अण्डा नेपालको उत्पादनभन्दा सस्तो हुने भएकाले लुकाइछिपाइ ल्याई नेपाली बजारमा भारतीय अण्डा बिक्री वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको सर्लाहीका पोल्ट्री व्यवसायीको गुनासो छ । आफूहरुले पटक–पटक भारतीय अण्डाको आयात रोक्न माग गरे पनि स्थानीय प्रशासनले यसबारे चासो देखाएको छैन उनीहरुको भनाइ छ ।

footwear zone

भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रणका लागि आवश्यक पहल भइरहेको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी भुमेश्वर पोखरेलले जानकारी दिए । भारतबाट भित्रिने कुखुरा, चल्ला र अण्डामा रोक लगाउन सीमा क्षेत्रमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई निर्देशन दिइसकेको उनले बताए ।

सर्लाहीको सीमावर्ती क्षेत्र मलङ्गवा, त्रिभुवननगर, पर्सा, सङ्ग्रामपुर, हरिपुर्वा, कौडेना, गोडैता, फूलपरासी, मधुवनगोठ, सिसौटलगायतका बजारमा भारतीय अण्डाको व्यापार फस्टाएको छ । स्वदेशी उत्पादन प्रवद्र्धनका लागि भारतबाट भित्रिने पक्षीजन्य वस्तु नियन्त्रण गर्नु आवश्यक रहेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।

You might also like

Comments are closed.