काठमाडौं । आइसर गाडीका लागि नेपालको आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रा.लि.ले दसैं तिहारलाई लक्षित गरी अफर ल्याएको छ । आइसरका हरेक गाडीको खरिदमा हात खाली नजाने अफर कम्पनीले ल्याएको हो ।
आइसरका गाडीहरुको खरिदमा हात खाली नजाने उपहारसँगै दसैं तिहारमा आइसर खरिद गर्ने ग्राहकहरु लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ । एचडि, एलएमडि र बस सेगमेन्टको खरिदमा रेफ्रिजेरेटर, वासिङ मेसिन, एलजी र एमआइ टिभी, आइफोन, वानप्लस नोर्ड ग्राहकले उपहार प्राप्त गर्न सक्नेछन् ।
ट्रिपर तथा ट्रक सेगमेन्टको खरिदमा टिभिएस अपाचे आरटिआर १६० टुभी, एलजी आसिङ मेसिन, एजजि टिभी ६५ र ५५ इन्च, आइफोन १२ र आइफोन १२ मिनी मध्ये कुनै एक उपहार ग्राहकले पाउनेछन् । थप वारेन्टीका साथ एक वर्षको लागि सर्भिसिङ किट र स्पेयर पार्टस् प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । गाडी अफर तथा थप जानकारीका लागि कम्पनीसँग सम्पर्क गर्न इष्टर्न एजेन्सी प्रा.लि.ले आग्रह गरेको छ ।

भारतीय कमर्सियल गाडी निर्माता कम्पनी भल्भो आइसर कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक बिक्रेता इष्टर्न एजेन्सिज प्रा.लि.ले बिगतदेखि उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्दै आइरहेको छ । आइसर गाडी इन्धनमा किफायती, मर्मत खर्चकम लाग्ने साथै सहज रुपमा स्पेयर पार्टस पाइने भएकाले लोकप्रिय रहेको कम्पनीको दावी छ ।





Comments are closed.