काठमाडौं । चाडपर्वको अवसरमा नयाँ गाडी खरिद गर्ने सोचमा हुनुहुन्छ ? यदि हुनुहुन्छ भने तपाईंको रोजाईमा आइसर गाडी पर्न सक्छ । चाडपर्वको अवसरमा विशेष छुटसहित आइसर गाडी खरिदको अवसर तपाईंले पाउन सक्नुहुन्छ । आइसर गाडीका लागि नेपालको एकमात्रै आधिकारिक बिक्रेता बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न एजेन्सी प्रालिले चाडपर्वलाई लक्षित गरी विशेष अफरसहितको उपहार योजना ल्याएको छ ।
आइसरका एचडि, एलएमडि र बस सेगमेन्टको खरिदमा हात खाली नजाने अफर लागु गरिएको कम्पनीले जनाएको छ । नेपाली ग्राहकहरुमाझ दसैं तिहार अफर सार्वजनिक गर्दै कम्पनीले यी अफरबाटै धेरै ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ ।
आइसरका गाडीहरुको खरिदमा आकर्षक नगद छुटदेखि विभिन्न अप्सनमा उपहारहरु ग्राहकले प्राप्त गर्न सक्नेछन् । स्मार्ट टिभी, मोबाइल, ल्यापटप, स्कुटर, बाइक, बुलेट बाइक लगायतका उपहार आइसरका ग्राहकले प्राप्त गर्न सकिनेछ ।

भारतीय कमर्सियल गाडी निर्माता कम्पनी भल्भो आइसर कमर्सियल भेइकलको नेपालका लागि आधिकारिक बिक्रेता इष्टर्न एजेन्सिज प्रा.लि.ले हरेक वर्ष उत्कृष्ट डिलर अवार्ड प्राप्त गर्न सफल छ । आइसर गाडी इन्धनमा किफायती, मर्मत खर्चकम लाग्ने साथै सहज रुपमा स्पेयर पार्टस पाइने भएकाले लोकप्रिय रहेको कम्पनीको दाबी छ ।




Comments are closed.