अझै तीन निर्वाचन क्षेत्रको मतगणना हुन बाँकी

काठमाडौं । गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मतगणना अझै तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा हुन बाँकी रहेको छ।

बाजुरा, स्याङ्जा र दोलखाका तीन निर्वाचन क्षेत्रमा मगतणना हुन बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

निर्वाचनका बारेमा उठेका प्रश्नको निरुपणका लागि अनुसन्धान भइरहेकाले ती क्षेत्रमा मतगणनामा केही ढिलाइ भएको उनको भनाइ छ। कुल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये एक सय ६२ स्थानमा मतगणना जारी छ । आयोगका अनुसार हालसम्म ५३ स्थानको नतिजा आइसकेको छ।

footwear zone

आयोगको प्रणालीमा प्रविष्ट तथ्यांकअनुसार नेपाली कांग्रेस १९, नेकपा (एमाले) १२, नेकपा (माओवादी केन्द्र) छ, नेकपा (एकीकृत समाजवादी) चार, राष्ट्रिय प्रजातन्त्र पार्टी तीन र अन्य दल तथा उम्मेदवार आठ स्थानमा विजयी भएका छन् ।

You might also like

Comments are closed.