फागुन मसान्तसम्ममा विद्युत कटौती समस्या अन्त्य हुने

मोरङ । सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा विद्युत कटौती हुने समस्या आगामी फागुन मसान्तसम्ममा अन्त्य हुने प्राधिकरणले जनाएको छ ।

उद्योग सङ्गठन मोरङले बिहीबार आयोजना गरेको कार्यक्रममा सो जानकारी दिइएको हो । प्राधिकरणका नवनियुक्त प्रदेश नं १ प्रमुख टेकनाथ तिवारीले सडक विस्तार, प्राधिकरणका आन्तरिक कार्य, आगामी गर्मी मौसमका लागि पुनःसञ्चालन विद्युत् आपूर्ति र सवस्टेशनमर्मत लगायतले अहिले दिउँसो समयमा विद्युत कटौती भए पनि फागुनपछि निरन्तर रुपले उपभोक्तालाई विद्युत आपूर्ति उपलब्ध गराउने विश्वास दिलाए ।

उनले उपभोक्तालाई गुणस्तरीय र निरन्तर विद्युत आपूर्ति गर्न प्राधिकरण सचेत र प्रतिबद्ध रहेको बताउदै विद्युत सम्बन्धी कुनै समस्या देखिएमा कार्यालय तथा नो लाइटमा सम्पर्क गर्न अनुरोध गरे । उद्यमीको डिमान्ड शुल्क छुट सम्बन्धमा नेपाल सरकारको नीतिअनुसार कार्य भइरहेको जानकारी दिँदै उद्योगको ट्रान्सफर टेस्टिङको जिम्मा प्राधिकरणको प्रदेश कार्यालय लिने बताए ।

footwear zone

विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेस कुमार गोहिवार, इटहरी वितरण केन्द्रका प्रमुख सुरेन्द्रकुमार साह र दुहवी ग्रीडका प्रमुख राजेश रेग्मीले ट्रिपिङ, भोल्जेट लगायतका अन्य समस्या चाँडै समस्या समाधान गर्ने बताउँदै प्राधिकरणले नयाँ प्रविधिको प्रयोगको समस्या समाधानमा सहयोग पुग्नुका साथै गुणस्तरीय सेवा प्रवाह गरी आगामी चैतको पहिलो सातादेखि विद्युत् कटौती समस्या अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उद्योग सङ्गठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगका विद्युत्सम्बन्धी समस्या राख्नुका साथै विद्युत कटौती पूर्वजानकारी दिएमा निर्माण व्यवसायीको नोक्सानी कम गर्न सकिने विचार व्यक्त गरेका थिए ।

You might also like

Comments are closed.