१९ ग्राहकको विद्युत लाइन काटियो

लहान । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले लामो समयदेखि महसुल नबुझाउने १९ ग्राहकको विद्युत लाइन काटेको छ । पटक–पटक विद्युत महसुल बुझाउन ताकेदा गर्दा समेत लामो समयसम्म महसुल नबुझाई अटेर गर्ने ग्राहकको लगत तयार गरी विद्युत लाइन काट्न शुरु गरेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख जितेन्द्रकुमार यादवले जानकारी दिए ।

लाइन काट्न शुरु गरेको दुई दिनभित्र १३ ग्राहकको लाइन काटिएको र थप ग्राहकहरुको विद्युत लाइन काट्ने काम भइरहेको प्रमुख यादवको भनाइ छ । प्रमुख यादवका अनुसार पहिलो चरणमा रु ५० हजारभन्दा बढी महसुल बक्यौता भएका ग्राहकको विद्युत लाइन काट्न थालिएको छ ।

लामो समयदेखि ग्राहकले विद्युत महसुल नतिर्दा प्राधिकरणले रु ३० करोड १६ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको जनाएको छ ।

footwear zone

गार्हस्थ्य मिटरतर्फ रु १९ करोड १४ लाख ५१६, व्यापारिक मिटरतर्फ रु ९९ लाख ७१ हजार ४३९, गैरव्यापारिक मिटरतर्फ रु एक करोड ५८ लाख र औद्योगिक मिटरतर्फ रु चार करोड २६ लाख ३८ हजार ८३५ बक्यौता रकम उठाउन बाँकी रहेको प्रमुख यादवले बताए ।

You might also like

Comments are closed.