इमर्जिङ नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेती नियुक्त

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ७९औँ बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ । कम्पनीले उप्रेतीलाई असोज १८ गतेदेखि लागु हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो

उप्रेती यस अघि एन आई सी एशिया बैंक लिमिटेडको जोखिम व्यवस्थापन विभागमा र बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्थामा प्रमुख जोखिम अधिकृत, अनुपालना अधिकृत र कम्पनी सचिवको रुपमा कार्यरत थिए । उप्रेतीले भारतको Institute of Chartered Accountants of India बाट चार्टर्ड एकाउन्टेन्सी र नेपालको त्रिभुवन विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

पूर्वाधार विकासका क्षेत्रहरुमा लगानी गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित यस कम्पनीले नव नियुक्त प्रमुख कार्यकारी अधिकृत विशाल उप्रेतीको नेतृत्वमा थप उचाई लिने विश्वास कम्पनीले लिएको छ ।

footwear zone

You might also like

Comments are closed.