‘आयोगका सेवालाई डिजिटलाइजेसन गर्नेछौं’

काठमाडौं । विद्युत नियमन आयोगले आइतबार एक कार्यक्रम गरि आफ्नो तेस्रो स्थापना दिवस मनाएको छ । कार्यक्रममा आयोगको हालसम्मका उपलब्धि, भावी कार्यदिशा लगायतका बारेमा जानकारी गराइएको थियो । सो अवसरमा प्रधानमन्त्री शेर बहादुर देउवा, उर्जामन्त्री पम्पा भुसाल, स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष कृष्णप्रसाद आचार्यको शुभकामना सन्देश पनि प्रस्तुत गरिएको थियो ।

आयोगले चालु आर्थिक वर्षको बैशाख १९ गतेसम्म ८५ प्रतिशत प्रगति हासिल गरेको आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले जानकारी दिए । आयोजना निर्माणका क्रममा लिएका ऋणको सावाँ वा ब्याज वा दुवै तिर्न नसक्ने अवस्थामा पुगेका रुग्ण जलविद्युत आयोजनाहरुलाई पुर्नकर्जा सुविधा उपलब्ध गराउन उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र राष्ट्र बैंक सँग आवस्यक पहल तथा समन्वय गरि ३ प्रतिशत ब्याजदरमा पुर्नकर्जा सुविधा उपलब्ध गराउन आयोगले सहयोग गरेको सिंहले बताए ।

आयोगका सेवालाई अनलाइन प्रविधीमार्फत डिजिटलाइजेसन गर्ने, विद्युत आयोजनाहरुको जोखिम पहिचान गरि निराकरणका उपायको अध्ययन तथा अनुसन्धान गरिने उनले बताए ।

footwear zone

कार्यक्रममा आयोगका सचिव गोकर्णराज पन्थ, सदस्य गौतम डंगोल, वार्षिकोत्सव कार्यक्रमका संयोजक भागीरथी भट्टराई, निवर्तमान सदस्य रामकृष्ण खतिवडा, राम प्रसाद धिताल लगायतले बोलेका थिए ।

वार्षिकोत्सवको अवसरमा आयोगका सचिव गोकर्णराज पन्थ, सिनयर डिभिजनल इन्जिनियर कल्पमोहज सोती, इन्जिनियर सुरेश श्रेष्ठ, शाखा अधिकृत सावित्रा पाण्डे, लेखा अधिकृत श्यामहरि बिजुक्छे लगायतलाई नगद तथा सम्मानपत्रले सम्मानित गरिएको थियो ।

You might also like

Comments are closed.