दीर्घायु पोखरा हस्पिटलको सेवा शुल्क इ-सेवामार्फत तिर्न सकिने

पोखरा । पोखराको पृथ्वीचोकमा रहेको दीर्घायु पोखरा हस्पिटल र इसेवाबीच सहकार्य भएको छ । सम्झौता पत्रमा इसेवाका पोखरा ब्रान्च प्रमुख बिनोद बोहोरा, हस्पिटलका प्रवन्ध निर्देशक राधाकृष्ण पोखरेल र डा. प्रेमप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । उक्त अवसरमा कोगेन्ट हेल्थका सुनिल कपाली, इसेवाका सन्देश सापकोटा र सुसान पौडेल लगायतको उपस्थिति थियो ।

इसेवासँगको सहकार्यसँगै अब दीर्घायु पोखरा हस्पिटलको अपोइन्टमेन्ट तथा सेवा शुल्क अनलाइनबाटै तिर्न सकिने भएको छ ।

इ-अपोइन्टमेन्ट बुकिङबाट आफूले जाँच गराउने डाक्टरको उपस्थिति र उपलब्धताबारे अग्रिम जानकारी लिन सकिनेछ । टिकट काउन्टरमा लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्ने, समयका साथै खर्चको बचत हुने, अपोइन्टमेन्ट रद्ध गर्दा अस्पतालको नियम अनुरूप पूर्ण वा आंशिक शुल्क फिर्ता हुने र अपोइन्टमेन्टको समय पुनर्निर्धारित गर्न मिल्ने, अपोइन्टमेन्टको दिन इसेवा एपबाटै सूचना आउने लगायत लाभ सेवाग्राहीले लिन सक्ने बोहोराले जानकारी दिए ।

footwear zone

यो सेवाको सुरूवातले अस्पताल तथा स्वास्थ्य सेवा संस्थाहरूलाई उनीहरूको ओपीडी सेवाहरू सुलभ र व्यवस्थित बनाउने कम्पनीको दाबी छ । कोभिड–१९ को महामारीले उत्पन्न विषम परिस्थितिमा जोखिम न्यूनीकरणका लागि आम जनताले आफ्नो घरबाटै चाहेको चिकित्सक पत्ता लगाई अपोइन्टमेन्ट बुक गर्न सक्ने हस्पिटलका प्रवन्ध निर्देशक राधाकृष्ण पोखरेलले बताए ।

You might also like

Comments are closed.