ईसेवाले गर्‍यो घर हस्तान्तरण

काठमाडौं । ईसेवा मनि ट्रान्स्फरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई एक बिशेष कार्यक्रम गरी घर हस्तान्तरण गरेको छ। उक्त कार्यक्रम ईसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्‍न भएको थियो ।

ईसेवा मनि ट्रान्स्फरले जेठ १२ मा आफ्नो आधिकारिक फेसबुक र टिकटक पेज बाट प्रत्यक्ष डिजिटल गोलाप्रथा मार्फत ूमेरो डिजिटल देशू अभियानको विजेता घोषणा गरेको थियो जसमा ८ वर्षदेखि युएईमा ड्राइभरका कार्यरत पूर्णबहादुर श्रेष्ठ बम्पर पुरस्कारको भाग्यशाली विजेता बन्न सफल भएका थिए ।

ईसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डी श्रेष्ठले हस्तान्तरण कार्यक्रममा विजेता पूर्णबहादुर श्रेष्ठलाई बधाई तथा शुभकामना व्यक्त गरे । कार्यक्रममा उनले भने, ‘नेपालमा क्यासलेस अर्थतन्त्र बनाउन निरन्तर लागिरहेको एफवान सफ्ट ग्रुप अन्तरगतको कम्पनी इसेवा मनि ट्रान्स्फरले रेमिट्यान्स्लाई पनि डिजिटल बनाउने अभियान सञ्चालन गरिरहेको छ । यस अभियान प्रति सहयोग र हौसला प्रदान गर्ने सबै नेपालीहरूलाई म धन्यवाद दिन चाहन्छु । आगामी दिनमा पनि कम्पनी, डिजिटल रेमिट्यान्सलाई प्रभावशाली बनाउनका निम्ति निरन्तर लागि रहनेछ भन्ने विश्वास दिन चाहन्छु ।’

footwear zone

ईसेवा मनि ट्रान्स्फरले बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्ने उदेश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । डिजिटल रेमिट्यान्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले, नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तल्लाको घर दिने घोषणा गरेको थियो । ७ असोजदेखि जेठ ६ गतेसम्म रेमिट्यान्स् पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए । ‘मेरो डिजिटल देश’ अभियान अन्तरगत हरेक महिना सेवाग्राहीको घर सम्म पुगी आकर्षक उपहार समेत प्रदान गरेको थियो ।
कार्यक्रममा बोल्दै ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले बम्पर पुरस्कारको रूपमा सपनाको घर जितेकोमा पूर्णबहादुर श्रेष्ठ र उनको परिवारलाई बधाई दिँदै भने ‘ हामीले जुन उदेश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको उत्साहजनक सहभागिता रह्यो । आगामी दिनमा पनि ‘मेरो डिजिटल देश’ अभियानलाई निरन्तरता दिँदै बैधानिक रेमिट्यान्सलाई प्रोत्साहन गर्नुहुनेछ भन्ने अपेक्षा राखेका छौँ ।’

कार्यक्रममा बोल्दै एफवानसफ्टका अध्यक्ष विश्वास ढकालले प्रवासी नेपालीहरुसंग भावनात्मक रूपमा जोडिनुको ठूलो महत्त्व रहेको भन्दै उनीहरूको पीडालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै आप्रवासी नेपालीहरूको लागि कम्पनीको सहयोग र उनीहरूको आवाज बन्ने प्रतिज्ञामा एफवानसफ्ट सधैँ अडिग रहने बताए । प्रवासी कामदार र तिनका परिवारलाई सहयोग गर्नुपर्ने कुरालाई महत्वको विषय मानेर उनीहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै उनीहरुलाई सहयोग गर्न प्रति सरकारले ध्यान केन्द्रित गर्नु पर्ने कुरामा जोड दिँदै आप्रवासी कामदारहरुमा आयको सम्भावनाहरु बढाउन र उनीहरुलाई आफ्नो सपना पूरा गर्न सक्षम बनाउनका निम्ति सीप विकासमा ध्यान दिन पनि सुझाव दिए ।

साथै ढकालले प्रवासी परिवारलाई सहयोग पुर्याउन विभिन्न संघ संस्थासँग सहकार्य गर्न कम्पनी इच्छुक रहेको बताउँदै यस क्षेत्रमा परिवर्तन ल्याउने आफ्नो प्रतिज्ञामाथि पनि प्रकाश पारे र यस अभियान अन्तर्गत ईसेवा मनी ट्रान्सफरले आफ्नो प्रयास जारी राख्ने बताउँदै एफवान सफ्टले अर्को वर्ष पनि भाग्यशाली विजेतालाई सपनाको घर उपहार दिने घोषणा गरे ।

बम्पर पुरस्कार विजेता श्री पूर्ण बहादुर श्रेष्ठले विजेता चुनिएकोमा अत्यन्तै खुशी र कृतज्ञता व्यक्त गरे । आफ्नो जीवनका मुल्यवान ८ वर्ष युएईमा आफ्नो परिवारलाई राम्रो जीवन प्रदान गर्न लगनशीलताका साथ काममा समर्पित गरेका श्री श्रेष्ठले नयाँ घर जित्न पाउँदा पूर्ण रूपमा आश्चर्यचकित भएको र आफूलाई चमत्कार जस्तो महसुस भएको बताए । उनले आफ्नो सपनालाई साकार तुल्याएकोमा इसेवा मनि ट्रान्स्फरलाई हार्दिक धन्यवाद व्यक्त गर्दै योजना मा संलग्‍न सबैलाई धन्यवाद दिए।
इसेवा मनि ट्रान्स्फरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाख भन्दा बढी प्रयोगकर्ताहरु र कुनै पनि बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । इसेवा मनि ट्रान्स्फरले सेवाग्राहीहरुलाई आफ्ना १३,८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त इसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

 

You might also like

Comments are closed.