इसेवा र औषधी व्यवसायीबीच क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता

पोखरा । इसेवा र नेपाल औषधी व्यवसायी संघ कास्कीबीच सम्झौता भएको छ । क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीपका लागि सम्झौता भएको इसेवाका लागि गण्डकी प्रदेश इन्चार्ज विनोद बोहोराले जानकारी दिए ।

सम्झौता अनुसार कास्की भित्र रहेका संघ अन्तर्गतका सदस्य औषधी व्यवसायीहरुले फोनपेद्वारा सञ्चालनमा ल्याइएको क्युआर कोड सम्बन्धी भुक्तानी प्रणालीलाई प्रयोग गर्नेछन् । फोनपेले इ–सेवा लगायत आफ्ना अन्य कम्पनी मार्फत डिजिटल कारोबार प्रवद्र्धनमा सघाउनेछ ।

यस अगाडि पोखरामा पोखरा उद्योग वाणिज्य संघ र पश्चिमाञ्चल होटल संघसँग पनि क्युआर भुक्तानी तथा डिजिटल पार्टनरसीप सम्झौता गरिसकेको छ । डिजिटल पोखराको अभियानमा इसेवाले सहयोग गरिरहेको कम्पनीले जनाएको छ ।

footwear zone

आगामी दिनमा पनि अन्य संघसंस्थासँग सहकार्य गरिने बोहोराले जानकारी दिए ।

You might also like

Comments are closed.