काठमाडौं । एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै बैंकका सम्पूर्ण ग्राहकले अस्पतालको विभिन्न सेवामा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले अस्पतालबाट आइपिडी–डाइग्नोस्टिक, फार्मेसी र फिजियोथेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।
सम्झौता गर्ने क्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्प राज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवद्र्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति थियो ।

बैंकमा हालसम्म करिब १३ लाख ग्राहक छन् । देशभरि १ सय २७ शाखा, ३ एक्स्टेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १ सय ६२ वटा एटिएमबाट बैंकले सेवा प्रदान गरिरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।




Comments are closed.