काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले बानेश्वर महादेवस्थान काठमाडौंस्थित श्री रत्नराज्य माध्यामिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले विद्यालयलाई शुद्ध खानेपानीको प्लान्ट सञ्चालनमा ल्याएको हो । २ हजार ७ सय भन्दा बढी विद्यार्थीलाई पुग्ने गरी शुद्ध खानेपानी प्लान्टलाई पुनः सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै विद्यालयलाई सहयोग गरेको हो ।
पूर्व उप–प्रधानमन्त्री एवं संघीय सांसाद प्रकाश मान सिंहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बैंकका सहायक महाप्रबन्धक तथा बाग्मती प्रदेश प्रमुख सन्तोष कुमार भट्टराईले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुकुन्दराज अर्याललाई चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र नक्साल शाखाका प्रबन्धक शिरिष बोहोराका साथै विद्यालयका प्रधानाध्यापक रामशिष यादवको समेत उपस्थिति थियो ।

स्थापना कालदेखि नै ग्राहकको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहक छन् । देशैभरि छरिएर रहेका १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र क्ःक् बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।




Comments are closed.