एभरेष्ट बैंकको २० लाख कित्ता ऋणपत्र बाँडफाँट

काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले निष्कासन गरेको २० लाख कित्ता ऋणपत्र बाँडफाँट भएको छ ।बैंकको गत साउन १८ गतेदेखि भदौ १ गतेसम्मका लागि निष्कासन भएको २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र बैंकले शुक्रबार बाँडफाँट गरेको हो ।

बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८५’ नामक ऋणपत्रमा ऋतपुर्वक आवेदन दिने सम्पूर्ण आवेदकहरुलाई भदौ १० गते शुक्रबारका दिन बाँडफाँड गरेको जानकारी दिएको छ ।

बैंकले ६ वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको अंकित मूल्य रु. १००० दरका २० लाख कित्ता ऋणपत्र बाँडफाँट गरेको हो ।निष्कासन ऋणपत्रमा बैंकले कुल इकाइमध्ये १२ लाख इकाइ ऋणपत्र व्यक्तिगत तवरबाट र बाँकी ८ लाख इकाइ भने सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

footwear zone

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

You might also like

Comments are closed.