काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आफ्नो २८औँ वार्षिक साधारणसभा डोकेको छ। बैंकले मंसिर २६ गतेका लागि वार्षिक साधारण सभा डाकेको हो । सभा काठमाडौंको लैनचौरस्थित लैनचौर ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले साधारणसभा मंसिर २६ गते बोलाउने निर्णय गरेको थियो। सभाले आर्थिक वर्ष २०७८–७९ का लागि प्रस्तावित कुल २०.६८ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन्।
सोही सभाले बैंकको अधिकृत पुँजी १० अर्ब रुपैयाँबाट वृद्धि गरी १५ अर्ब रुपैयाँ पुर्याउने भएकोले सोहीबमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय पनि गरेको छ।




Comments are closed.