काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ । उक्त विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ ४० पैसा र बिक्रीदर १८० रुपैयाँ रहेको छ।
यस्तै, युरो एकको खरिददर १२६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १२७ रुपैयाँ ७ पैसा रहेको छ। यस्तै पाउण्ड एकको खरिददर १५० रुपैयाँ ८ पैसा र बिक्रीदरु १५० रुपैयाँ ७८ पैसा रहेको छ ।
त्यस्तै, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ३२ पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ३७ पैसा र चाइनिज युआन एकको खरिदमा १८ रुपैयाँ ५५ पैसा र बिक्रीमा १८ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी, साउदी अरेवियन रियाल एकको खरिदमा ३३ रुपैयाँ ८९ पैसा र बिक्रीमा ३४ रुपैयाँ ०५ पैसा, कतारी रियाल एकको खरिददर ३४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८२ पैसा, युएई दिरहम एकको खरिददर ३४ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३४ रुपैयाँ ८५ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमा २८ रुपैयाँ ४० पैसा र बिक्रीमा २८ रुपैयाँ ५४ पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ ४९ पैसा र बिक्रीमा ९ रुपैयाँ ५४ पैसा, कुवेती दिनार एकको खरिददर ४१३ रुपैयाँ ८६ पैसा र बिक्रीदर ४१५ रुपैयाँ ८१ पैसा र बहराइन दिनार एकको खरिदमूल्य ३३७ रुपैयाँ ९४ पैसा र बिक्रीमूल्य ३३९ रुपैयाँ ५४ पैसा रहेको छ ।





Comments are closed.