‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२’ हुने

पोखरा । विगतका बर्षहरुमा झै यस बर्ष पनि एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले नेपालका प्रमुख शहरहरुमा ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च/अप्रिल’ आयोजना गर्ने भएको छ । उक्त कार्यक्रममा विदेश अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थी र अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले एक अर्कासंग प्रत्यक्ष रुपमा संवाद गर्न सक्नेछन् ।

विगतका बर्षहरुमा पनि एक्सपर्टले विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भनेर विभिन्न फेयर तथा सेमिनारहरु आयोजना गदैृ आएको थियो । ति कार्यक्रमहरुबाट हजारौं विद्यार्थीहरु लाभान्वित भएका छन् र विदेशमा आफ्नो अध्ययनको अभिलाष पुरा गर्न सफल भएका छन् । विगत दुई बर्षमा कोरोनाका कारण सिर्जित यात्रा प्रतिबन्धहरुका कारण प्रत्यक्ष रुपमा यस्ता कार्यक्रमहरु आयोजना भएका थिएनन्। उक्त परिस्थितिमा एक्सपर्टले यस्ता कार्यक्रमहरु भर्चुअल रुपमा सम्पन्न गरेको थियो ।

हाल कोभिड महामारिको प्रकोप धेरै मात्रामा नियन्त्रणमा रहेको देखिन्छ । नेपालीहरु विद्यार्थीहरु अध्ययन गर्न जाने मुख्य देशहरु अष्टे«लिया, क्यानडा, युके र अमेरीकाले अवलम्वन गरेका यात्रा प्रतिवन्धका नीतिहरु खुकुलो बनाएका छन् । ति देशहरुले आफ्नो देशमा अध्ययन गर्न आउन चाहने विदेशी विद्यार्थीका लागि सहज हुने आकर्षक नीतिहरु अवलम्वन गरेका छन् । यसले विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई प्रचुर सम्भावनाहरु सृजना गरेको छ ।

footwear zone

नेपालका प्रमुख १६ शहरहरु समेत विश्वका १३ देशका ४५ भन्दा बढी शहरहरुमा शाखाहरु संचालनमा रहेको एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विगत दुई दशक देखि आधिकारीक र विश्वसनिय परामर्श प्रदान गर्दै आएको छ । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई विश्वसनिय जानकारीहरु प्रदान गर्ने उद्येश्यले यस संस्थाले विगतका बर्षहरुमा झै यस बर्ष पनि नेपालका प्रमुख शहरहरु धनगढी, नेपालगञ्ज, घोराही, बुटवल, पोखरा, नारायणगढ, हेटौडा, विरागनगर, विर्तामोड र काठमाण्डौमा क्रमशः चैत्र ७, चैत्र ८, चैत्र ९, चैत्र १०, चैत्र १२, चैत्र १३, चैत्र १४, चैत्र १५, चैत्र १६ र चैत्र १८ गते ‘एक्सपर्ट ग्रान्ड एडुकेशन फेयर २०२२ मार्च÷अप्रिल’ आयोजन गर्न लागेको बताइएको छ । उक्त कार्यक्रममा विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके र अमेरीकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधि, बैंकका प्रतिनिधि, अष्ट्रेलिया तथा

काठमाण्डौबाट आउनु भएका एक्सपर्टका प्रतिनिधिहरुसंग प्रत्यक्ष संवाद गर्न पाउनेछन् । साथै, बुटवल, पोखरा, नारायणगढ, विराटनगर र काठमाण्डौंका कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान तथा एक्सपर्ट एडुकेशन एण्ड भिजा सर्भिसेजका ब्रान्ड एम्वेसेडर पारश खड्कासंग सम्वाद गर्न सक्नेछन् ।

यस कार्यक्रममा उपस्थित भई लाभान्वित हुन सम्पुर्ण विद्यार्थी तथा अभिभावकहरुमा एक्स्पर्टले आग्रह गरेको छ ।

You might also like

Comments are closed.