एक्स्पर्ट एजुकेशनद्वारा ट्राफिक सचेतना बोर्ड हस्तान्तरण

हेटौंडा । एक्स्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रा.लि.ले जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा प्रा.लि.ले बोर्ड हस्तान्तरण गरेको हो ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा प्रदान गर्दै आइरहेको एक्स्पर्टले सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियान चलाइरहेको छ । चितवनमा यो अभियान सफल भएसँगै एक्स्पर्ट एजुकेशनले छिमेकी जिल्ला मकवानपुरको हेटौँडामा पनि विभिन्न समयमा ट्राफिक सचेतना अभियान गरिरहेको छ ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालीका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी निरीक्षक प्रकाश पाण्डेलाई ट्राफिक सचेतना मुलक बोर्ड हस्तान्तरण गरेका हुन् । जिल्लामा बढ्दो दुर्घटना न्युनीकरणलाई मध्यनजर गर्दै दुर्घटना न्युनिकरण गर्न ट्राफिक सचेतना बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको एक्सपर्ट एजुकेशन मकवानपुर शाखा प्रमुख ईश्वर लामिछानेले बताए ।

footwear zone

एक्सपर्ट एजुकेशनले प्रदान गरेको १२ थान चेतनामुलक बोर्ड हेटौंडा बजारका विभिन्न स्थानहरुमा राखिने प्रहरी निरीक्षक पाण्डेले बताए । एक्सपर्ट एजुकेशनको यो अभियानले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नेमा विश्वस्त भएको उनको भनाइ छ ।

You might also like

Comments are closed.