आँखाको निःशुल्क शल्यक्रिया

फुङ्लिङ ।

नेत्र ज्योति सङ्घ ताप्लेजुङ, सेवा फाउन्डेसन काठमाडौं र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा फुङ्लिङ नगरपालिको आयोजनामा सञ्चालित तीन दिने निःशुल्क आँखा शिविरमा ६४ जनाले निःशुल्क आँखाको शल्यक्रिया गराएको छ ।

डोङ्गला आँखा उपचार केन्द्र ताप्लेजुङमा सञ्चालित शिविरको सहयोगी संस्थाका रुपमा सानिमा बैंक रहेको केन्द्रका इन्चार्ज काजिमान गुरुङले बताए ।

footwear zone

आँखाको उपचार गर्नका लागि दुई–तीन दिन लगाएर विभिन्न दुर्गम गाउँहरुबाट आँखा उपचार केन्द्रमा आएर निःशुल्क सेवा लिएको केन्द्रले जनाएको छ ।

You might also like

Comments are closed.