काठमाडौं । फेसियल हाउसले नेपालीहरुको महान पर्व दसैं, तिहार र छठको अवसरमा विशेष छुटसहितको अफर ल्याएको छ । वरिष्ठ सौन्दर्यविद सुष्मा महरा सञ्चालक रहेको फेसियल हाउसले चाडपर्वलाई लक्षित गरी भारी छुटसहितको अफर ल्याएको हो ।
फेसियल हाउसले अफर अन्तगर्त आफ्ना सेवामा १५ देखि ५० प्रतिशतसम्म छुटको घोषणा गरेको छ । जस अन्तर्गत ३ हजार ५ सय रुपैयाँमा माइक्रोबेन्डिङ सेवा लिन सकिन्छ । केराटिन स्मुथिंगमा ५० प्रतिशत छुट प्रदान हुनेछ भने अन्य सम्पूर्ण सेवामा १५ प्रतिशत छुट प्रदान हुने सञ्चालक महराले जानकारी दिइन् ।
त्यसैगरी ६ महिने फुल कोर्षमा २० प्रतिशत छुट प्रदान गरिनेछ । ‘कोर्ष सिक्दा लाग्ने सम्पूर्ण सामान निःशुल्क प्रदान हुनेछ,’ उनले भनिन्,’ भारी छुट सहितको यो अफरबाट फेसियल हाउसका सेवाग्राही प्रत्यक्ष रुपमा लाभान्वित हुने हामीले विश्वास लिएका छौं ।’ फेसियल हाउसका सम्पूर्ण शाखामा यो अफर लागु हुने उनले जानकारी दिइन् ।

फेसियल हाउसको मुख्य शाखा काठमाडौं मलमा छ अन्य शाखाहरु सिटिसी मल, चावहिल गणेशस्थान र पोखरामा छन् । फेसियल हाउसको पाँचौं शाखा सुर्खेतमा छिट्टै खुल्दैछ । फेसियल हाउसले हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको छ । फेसनेबल कलरहरु प्रयोग गर्ने फेसियल हाउसले चायापोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको महराले जानकारी दिइन् । ‘सौन्दर्यसँग सम्बन्धित सम्पूर्ण सेवाहरु हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।
नेपालको नम्बर वान व्युटिसैलुनको अवार्ड पाइसकेको फेसियल हाउस स्थापनाको १३ वर्ष पुरा भइसकेको छ । पछिल्लो समय नाम कपी गर्ने क्रम बढेको बताउँदै महराले फेसियल हाउसको ब्राण्डप्रति नझुक्किन सम्पूर्ण सेवाग्राहीमा आग्रह गरेकी छन् । ‘फेसियल हाउसको नामको अगाडि वा पछाडि नाम जोडेर कपी गर्ने क्रम पनि बढेको छ,’ उनले भनिन्, ‘फेसियल हाउस मात्रै लेखेको मात्रै हेर्नुहोस् । जहाँ मेरो (सुस्मा महरा) फोटो समेत देख्न सकिन्छ ।’




Comments are closed.