चर्चित हेयर डिजाइनर बिगेन तामाङले फेसियल हाउसमा सर्भिस दिने

काठमाडौं । नेपालकै नम्बर वान ब्युटी शैलुन फेसियल हाउसमा अब चर्चित हेयर डिजाइनर बिगेन तामाङले सर्भिस दिने भएका छन् । आफ्ना ग्राहकलाई थप केयरिङका साथ सुविधा उपलब्ध गराउने उद्देश्यअनुरूप फेसियल हाउसले नेपालकै चर्चित हेयर डिजाइनर तामाङलाई हालै आफ्नो संस्थामा अनुबन्धित गरेको हो । तामाङलाई फेसियल हाउसले एक कार्यक्रमको आयोजना गरी संस्थामा स्वागत गरेको फेसियल हाउसले जनाएको छ ।

फेसियल हाउसमा अनुबन्धित भएसँगै अब तामाङले आफ्नो उत्कृष्ट सर्भिस दिनाका साथै कक्षाहरू समेत सञ्चालन गर्ने फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा सौन्दर्यविद सुष्मा महराले जानकारी दिइन् । ‘हामीले फेसियल हाउसलाई नम्बर वान मात्रै भनेका छैनौं,’ प्रबन्ध निर्देशक महराले भनिन्, ‘फेसियल हाउसमा उपलब्ध सेवासुविधा पनि त्यही अनुसार उत्कृष्ट र गुणस्तरीय बनाउँदै लगेका छौं ।’ फेसियल हाउसमा आउने ग्राहकको अझ बढी केयरिङका लागि आफूहरूले अनुभवी हेयर डिजाइनर बिगेन तामाङलाई ल्याएको महराको भनाइ छ ।

सौन्दर्य जगतमा प्रवेश गर्नु अगाडिदेखि नै बिगेन तामाङसँग आफूले कपाल काट्ने गरेको बताउँदै प्रबन्ध निर्देशक महराले तामाङको उपस्थितिमा फेसियल हाउसबाट अब आफूले सोचेको भन्दा राम्रो सर्भिस प्रवाह हुने विश्वास व्यक्त गरेकी छिन् ।

footwear zone

हेयर डिजाइनर तामाङ सन् २००४ देखि नै यो क्षेत्रमा सक्रिय रहँदै आएका छन् । तामाङले दुबईमा चार वर्षको तालिम हासिल गर्नाका साथै चार वर्षसम्म दुबईमै काम गरेर नेपाल फर्किएका हुन् । नेपाल आएपछि मिस नेपाललगायत नेपालमा नाम चलेका महत्वपूर्ण इभेन्टहरूमा हेयर डिजाइन गर्दै आएका छन् । तामाङले अब भने फेसियल हाउसबाट आफ्नो दक्षता र अनुभवलाई सेयररिङ गर्ने भएका छन् । उनले सर्भिसका साथसाथै स्पेसल कोर्षहरू समेत गराउने बताइएको छ ।

सुन्धारास्थित काठमाडौं मलमा केन्द्रीय कार्यालय रहेको फेसियल हाउसमा एकै पटकमा ५० जनालाई सेवा दिन सकिने क्षमतामा विस्तार गरिएको प्रबन्ध निर्देशक महराले जानकारी दिइन् । ‘अब हामी अझै छिटोछरितो र गुणस्तरीय सेवा प्रवाहका लागि सक्षम भएका छौं,’ उनले भनिन्, ‘क्वालिटीको सर्भिसका लागि सम्झनै पर्ने नाम फेसियल हाउस नै हो ।’

महराको दक्षता र अनुभवमा अझ तामाङको अनुभवसहितको कुसल क्षमता जोडिदा फेसियल हाउसले अझ प्रभावकारीरूपमा सेवा प्रवाह गर्ने विश्वास गरिएको छ । फेसियल हाउसको काठमाडौंमा तीन वटा र काठमाडौंबाहिर दुई वटा आउटलेट सञ्चालनमा छन् ।

You might also like

Comments are closed.