फेसियल हाउसको आयोजनामा तीज महोत्सव सम्पन्न

काठमाडौं । तीजको अवसर पारेर फेसियल हाउसले (तीज महोत्सव २०७९) सम्पन्न गरेको छ । पुरुष र महिलाकै लागि नेपालकै उत्कृष्ट ब्युटी सैलुनको नामले परिचित फेसियल हाउसले त्रिपुरेश्वरस्थित बगेनभिल्ला परिसरमा महोत्सवको आयोजना गरेको हो ।

महोत्सवको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष भवानी राणाले तिजको आफ्नै सांस्कृतिक र व्यवसायिक महत्व रहेको बताइन् । उनले फेसियल हाउसले महोत्सवको आयोजना गरेर तिजको गरिमा र महिलाहरूको व्यवसायिक सफलताको मार्गचित्र प्रदर्शन गरेको बताइन् ।

फेसियल हाउसका प्रबन्ध निर्देशक सुस्मा महराले दिदी बहिनीहरूबीच आपसी सद्भाव कायम गर्न तिज महोत्सवको आयोजना गरिएको बताइन् । बरिष्ठ सौन्दर्यविद् महराले कोभिडको कारण तीन वर्ष पछि कार्यक्रम आयोजना गरिएको बताउँदै यस्ता कार्यक्रमले आपसी सद्भाव र सहकार्यको मार्ग प्रसस्त गर्ने बताइन् ।

footwear zone

व्यवसायमा अब्बल नारी महराले फेसियल हाउसले महिला दिदी बहिनीको चौतर्फी विकासका लागि एकल र संयुक्त प्रयासमा विभिन्न कार्यक्रम र सीपमुलक तालिम समेत सञ्चालन गर्दै आएको पनि जानकारी दिइन् ।

कार्यक्रममा प्राध्यापक राज्यश्री श्रेष्ठले नेपालमा ब्युटिसियनहरूको संख्या दिनानुदिन बढदै गएको उल्लेख गर्दै सबैमाझ हातेमालो हुन सके यस क्षेत्रलाई थप व्यापकता दिन सकिने बताइन्।

त्यसैगरी, बरिष्ठ सौन्दर्य विद कमला श्रेष्ठले सौन्दर्य व्यवसाय ओझेलमा परिरहेको अवस्थामा फेसियल हाउस उद्योगका रुपमा स्थापित गराउन सफल भएकोमा प्रबन्ध निर्देशक महरालाई धन्यवाद दिँदै हाल ८ देखी १२ कक्षासम्म पाठ्यक्रममा समावेश हुनु सुखद रहेको बताइन् ।

कार्यक्रममा प्राध्यापक अरुणा रायमाझी, शशि शाह लगायतको उपस्थिति थियो ।

फेसियल हाउसले हरेक बर्ष प्रदान गर्ने शिवपार्वती सम्मानबाट यसपटक रियल जोडी कलाकारद्वय लक्ष्मी बर्देवा र जीवन भट्टराईलाइ सम्मानित गरियो ।

त्यस्तै हरेक बर्ष प्रदान गरिने महिला उद्यमी सम्मान यसपटक पाँच जनालाई प्रदान गरिएको छ ।
सम्मानित हुनेहरुमा फेसन डिजाइनर कुसुम श्रेष्ठ, महिला उद्यमी एवं समाजसेवी राधालक्ष्मी श्रेष्ठ, महिला उद्यमी एवं समाजसेवी रेखा चौधरी शर्मा, महिला उद्यमी एवं समाजसेवी अम्बिका अर्याल र सञ्चारकर्मी गङ्गा लामा
रहेका छन् ।

तीजको दर खाने कार्यक्रम सहितको उक्त कार्यक्रमका सहभागी महिला दिदी बहिनीहरूले तीज गीतमा नाचगान समेत गरेका थिए । कार्यक्रममा अमृत सापकोटा, जानकी मगर, अस्मिता जुरेली, कल्पना दाहाल, टेकराज भण्डारी, याङ्सु श्रेष्ठ, प्रीति पासवान लगायत कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो ।

You might also like

Comments are closed.