फेसियल हाउसको नयाँ शाखा धनगढीमा संचालन

धनगढी । नेपालको प्रख्यात ब्युटि सैलुन फेसियल हाउसले आफ्नो छैटौं शाखा धनगढीमा संचालन गरेको छ । धनगढीको चौराहमा शनिबार एक कार्यक्रमकाबीच वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक शुष्मा महरा र कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले शाखाको संयुक्त उद्घाटन गरेका छन्।

महराले सुदुरपश्चिममा शाखा विस्तार गरेसँगै पश्चिम हुँदै पुर्वतिर पनि सेवाग्राहीहरूले गुणस्तरीय सेवा खोज्न थालेपछी फेसियल हाउसको अन्य शाखा विस्तार गर्न लागेको बताइन् । कार्यक्रमका प्रमुख अतिथि कुँवरले आर्थिक मन्दीको अवस्थामा रहेको बेला र वित्तीय क्षेत्रले समेत लगानी गर्न नसकेको अवस्थामा सुदूरपश्चिममा लगानी गरेर व्यवसाय स्थापना गरेप्रति फेसियल हाउसलाई धन्यबाद दिए ।

काठमाडौंको काठमाडौं मल, चावहिल र सिटिसि मलका साथै उपत्यका बाहिर पोखरा, सुर्खेतबाट गुणस्तरीय सेवा दिदैँ आएको फेसियल हाउसले अब भने धनगढीबाट पनि सेवा प्रदान गर्नेछ ।

footwear zone

फेसियल हाउस नेपालकै उत्कृष्ट सैंलुन मध्येको १ मा पर्ने सैंलुन हो । मुख्य शाखा सुन्धारामा रहेको फेसियल हाउसमा एकैपटक ८० जना भन्दा बढि सेवाग्राहीले सर्भिस लिने गर्दछन् । फेसियल हाउसले ब्युटिसम्बन्धी तालिम दिनुका साथै हेयर, फेस सम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिदैँ आएको छ ।

You might also like

Comments are closed.